back
CTIZAN AD

यसकारण बलियो बन्दै छ अमेरिकी डलर

वि.सं.२०७७ वैशाख ६ शनिवार

873 

shares

६ बैशाख, काठमाण्डौं । केही दिनयता नेपाली मुद्रा नेरुसँग अमेरिकी डलरको बिनिमय दर निरन्तर उकालो लागिरहेको छ ।

सोहि क्रममा राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २३ रुपैयाँ २८ पैसा (बिक्रिदर) तोक्यो । यो हाल सम्मकै उच्च हो । यसअघि बीहिबार १ अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ६१ पैसा, चैत २७ मा १ सय २२ रुपैयाँ ५० पैसा र चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।

पछिल्ला दिनमा डलरको तुलनामा नेरु निरन्तर कमजोर बन्दै गएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ६८ पैसा तोक्यो । यो पनि हालसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यहि भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो । करिब डेढ वर्षअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ (१ सय १९ रुपैयाँ ३३ पैसा) हाराहारीमा थियो ।

विश्व बजारमा अमेरिकी अर्थतन्त्रको प्रभुत्व कायमै छ । त्यसैले पनि लगानीकर्तालाई भरपर्दो विकल्प अमेरिकी डलर बनेको छ । पछिल्ला एक वर्षयता विश्व बजारमा निरन्तरजसो उतार चढाव हुँदै आएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार ०८:३७ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...