back
CTIZAN AD

यस्तो छ, विश्वभरको कोरोना अपडेट, कोरोना विरुद्धको लडाईमा नेपाललाई अर्को सफलता

वि.सं.२०७७ वैशाख ७ आइतवार

966 

shares

७ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ७ (सन् २०२० अप्रिल १९) बिहान ८.०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २३ लाख ३० हजार ९६४ मानिसमा कोरोना भाइरस सल्केको छ, एकैदिन ८० हजार ५५९ जना नयाँ संक्रमित थपिएको हो । कूल मृत्युसंख्या १,६०,७५७ रहेको छ । एकैदिन ६५१२ जनाको मृत्यु भएको छ, अघिल्लो दिनको तुलनामा मृत्यु संख्या केही घटेको हो ।

निको भएर घर फर्किएकाहरु संख्याका ५९६,६८७ छ भने उपचाररत बिरामीको संख्या १,५७३,५२० रहेको छ । जसमध्ये १,५१८,२५५ को अवस्था मध्यम छ भने ५५,२६५ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा लगातार अमेरिका नै देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ७३८,८३० पुगेको छ भने ३९,०१४ को मृत्यु भएको छ । एकै दिन २८८०९ नयाँ संक्रमित थपिएका छन् भने १८५६ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा थोरै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ७५ हजार ९२५ रहेको छ भने मृत्यु हुनेको संख्या २३,२२७ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(३९,०१४) इटाली दोस्रो(२३,२२७), स्पेन तेसो(२०,६३९), फ्रान्स चौंथो(१९,३२३), बेलायत पाचौँ(१५,४६४), बेल्जियम छैठौं(५,४५३), इरान सातौँ(५,०३१) र चीन आठौँ(४,६३२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । २४ घण्टामा नेपालमा थप १ नयाँ संक्रमित थपिएका छन् । शनिबार थप १ मा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । शनिबारसम्म ८०१७ जनाको स्बाव परीक्षण भएको र ११७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस विरुद्धको लडाईमा नेपालले शनिबार अर्को सफलता प्राप्त ग¥यो । नेपालकी दोस्रो संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएका थिए । हाल २९ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या बिहिबारको तुलनामा थोरै घटेको छ । १५,७२२ जना संक्रमित रहेको र ५२१ जनाको मृत्यु भएको देखिन्छ । २४ घण्टामा १३७० नयाँ संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ७ आइतवार ०८:१३ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...