back
CTIZAN AD

पीपीईको अति आवस्यक हुने स्वास्थ्यकर्मीले फोन गर्नुहोस् डा.महावीर पुनलाई

वि.सं.२०७७ वैशाख ७ आइतवार

651 

shares

७ बैशाख, काठमाण्डौं । यदि तपाई स्वास्थ्यकर्मी हुनुहुन्छ र पीपीईको आवस्कता छ भने राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनलाई फोन गर्न सक्नुहुन्छ ।

डा महावीर पुनले यसअघि एम्बुलेन्स चालकहरुलाई निःशुल्क पीपीई वितरण गरेपनि अव स्वास्थ्यकर्मीहरु (जसलाई पीपीई अति आवस्यक छ ) उनीहरुले पनि तल दिइएको नम्बरमा फोन गरेर लिन सक्ने डा. पुनले बताएका छन् ।

‘अस्पतालमा काम गर्ने तल्लो तहको स्वास्थ्यकर्मीहरु तथा तिनीहरुका अभिबावकहरुको र सुरक्षाकर्मीहरुको धेरै नै अनुरोध आइरहेकोछ,’ डा. पुनले भनेका छन् ‘एकै चोटी सबैलाई दिन सकिदैन । मलाई ९८४१५९२३६१ मा फोन गरेर अति आबश्यक हुनेहरु मात्र पीपीई लिन आउनु होला र आफ्नो आईडी कार्ड ल्याउनु नभुल्नु होला ।’ डा. पुनले भनेका छन् ।

डा पुनले लेखेका छन
यो निर्णय गर्नु पर्ने कारण यस प्रकार छ
अस्पतालमा काम गर्ने इन्टर्न, रेसिडेन्ट डाक्टर, नर्सहरुले अस्पतालको प्रशासनले उनीहरुलाई पीपीइ दिंदै दिएन भनेर मन छुने गरेर अनुरोध गरि रहेका छन् । भारत तर्फको सिमानामा काम गर्ने स्वास्थ्यकर्मीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरी जस्ता सुरक्षाकर्मीहरुको पनि त्यहि नै गुनासो छ र ति जिल्लाका सिडिओहरु र नेताहरुले पनि फोन गरेर पीपीईको लागी अनुरोध गरि रहेका छन् । त्यसको साथ साथै अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको अभिभावकहरुले पनि आफ्नो छोराछोरीको ज्यानको सुरक्षाको लागि नै भनेर पीपीई को लागि मलाई फोन गरि रहेका छन् । त्यसैले जे जति सकिन्छ उनीहरुलाई पनि पीपीई दिईने छ ।’

वि.सं.२०७७ वैशाख ७ आइतवार ०८:२० मा प्रकाशित

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

चितवनमा याक चिज

चितवनमा याक चिज

चितवन । यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...