१० बैशाख, काठमाण्डौं । केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्समा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
आरडिटी (र्यापिड डाइग्नोष्टिक) प्रविधिबाट गरिएको जाँचमा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको बुधबारको गोरखापत्र दैनिकमा समाचार छ ।
उनीहरु दुवैजनालाई टेकु अस्पतालको आइसोलेनमा राखेर उपचार भइरहेको छ ।
सोमबार चिकित्सक, नर्स तथा पारामेडिक्स गरी झण्डै ४० जनामा गरिएको परीक्षणमा दुई नर्सलाई कोरोना देखिएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिएका हुन् । ‘दुईपटक परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि दुवै जनालाई टेकु अस्पतालका आइसोलेसनमा राखिएको हो’ उनले भने ।
वि.सं.२०७७ वैशाख १० बुधवार ०८:३७ मा प्रकाशित






























