१० बैशाख, कतार । प्रवासी नेपाली एकता मन्च कतारले नेपाल कम्युनिस्ट पार्टीको ७१ औ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीमा आवद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताले कतै विचलित नभई एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अपिल गरेको छ ।
मन्चले पार्टी स्थापना दिवसको खुसियालीमा पार्टीको हरेक विधा एबम मोर्चामा आवद्ध रहेर देशको जनताको मुक्तिका लागि आहुती प्राप्ति गर्ने सम्पुर्ण महान सहिद हरुमा स्मरण एवम् भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘तत्कालीन अवस्थामा देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरि पार्टी स्थापना गर्नुहुने संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठ लगायत सम्पूर्ण संस्थापकप्रति उच्च सम्मान गर्दछौ,’ मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘साथै संस्थाको नेतृत्व गर्नुहुने सम्पुर्ण कमरेडहरुको सुस्वास्थ्य, दिर्घायु एवम् जनताप्रतिको उत्तरदायी भुमिकामा अझै सकृयता रहनेमा आशावादी छौं ।’
मन्चले फरक कोणबाट ऐतिहासिक आन्दोलनबाट जनताको सम्बोधन गर्दै अधिकार प्राप्तिका लागि बर्षौ वर्ग संघर्ष गरेका दुई कम्युनिस्टहरु बिचको एकताले आज देशमा मात्र नभएर विश्व मै एक किसिमको राजनीतिक परिवर्तनका कारण ध्यान केन्द्रीत भएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘यस घडिमा पार्टी केन्द्र लगायत विभिन्न जन वर्गिय संगठन अझै मजबुत भएर अगाडी बढेको महसुस गरेका छौ । हाम्रो संगठनसँग आवद्ध सम्पुर्ण कमरेडहरु यस घडीमा कहीँ कतै विचलित नभइ जनताका थप अधिकार प्राप्तीका निम्ति एक ढिक्का भएर अगाडी बढ्न अपिल गर्दछौ ।’
मन्चले विश्व यतिबेला जटिल एम भयावह रोग कोभिड१९ को संक्रमणमा फसेको र यस महामारीको घडिमा सम्पूर्ण नेपालीहरुले आ–आफ्नो स्थानबाट संयमित भइ यो यसका विरुद्धको युद्ध जित्न सफल होऔं भन्ने कामना समेत गरेको छ ।
वि.सं.२०७७ वैशाख १० बुधवार ११:४२ मा प्रकाशित






























