back

कोरोनाको माहामारी र प्रवासी नेपाली सुरक्षाको प्रश्न

वि.सं.२०७७ वैशाख १० बुधवार

243 

shares
NTC AD

यतिबेला सारा बिश्व नै कोरोनाको माहामारीले आक्रान्त बनेको छ । नेपालमा पनि यसका संक्रमित बढ्ने क्रम जारी छ । सामाजिक प्राणिको नाताले राम्रोमा खुशी र नराम्रोमा दुःखी हुने सामान्य चेतना भएको मानविय गुण हो । यतिबेला जीवनको केही समय प्रवासमा बिताएको र सामाजिक अभियानमा भिजेर केही अनुभव सम्हालेको हुनाले केही कुरा तिनै प्रवासी नेपालीको बारेमा लेख्न मन लाग्यो मलाई ।

हुन त, सरकारले सीमा जोडिएको मित्रराष्ट्र भारतदेखि आउनेलाई पनि उचित ब्यवस्थापन गर्न नसकेको र अझै देशभित्रै पनि प्रवासी बनेर काधमा पोको बोक्दै आफ्नो स्थायी घरमा पुग्न सयौं किलोमीटर पैदल यात्रा हिडिरहनु भएका नेपालीको बारेमा सोचेर मन दुखाइरहनु परेको अवस्था छ । तर, पनि देशको सिमाना सँगै रहेको देश भएकोले उहाँहरुलाई ब्यवस्थापन गर्न बिस्तारै सबैले आवाज उठाईरहेका छन् र समयमै सम्बोधन हुन नसके पनि बिस्तारै सम्बोधन पनि हुँदै गएको अवस्था छ, जो सकारात्मक र आशलाग्दो पनि हो । तर, सात समुन्द्र पारिका ती लाखौं नेपाली मजदुर जो हिंडेर आफ्नो देश आउन पनि सम्भब छैन र त्यहाँ बस्न सक्ने अवस्था पनि छैन त्यस्ता प्रवासी नेपालीहरुको बारेमा सरकारले उचित योजना र विकल्प दिनैपर्छ भनेर भनिरहँदा मेरो बिचारमा अहिले मोटामोटि ३ भागमा वर्गीकरण गरेर निकास निकाल्न सकिन्छ भन्ने लागेको छ ।

१- स्थायीरुपमा सोही देशको नागरिक बनेर बस्नेहरु !

२- निश्चित समयको लागि भिजिट भिषा वा बिद्यार्थी भिषामा गएका नेपालीहरु !

३-श्रमिकका रूपमा काम गर्ने नेपालीहरु !

यी तीन थरिका प्रवासीहरु मध्ये, जो सोही देशको नगरिक बनेर बसेका छन् जसलाई कुनै बेला भै परि आउने सहयोग चाहिने र दिनसक्ने अवस्था रहेमा सके दिने तर अहिले नै उनीहरुको बारेमा गम्भीर हुन नपर्ने बर्गमा राख्दा हुन्छ । जो सोही देशको सरकारको सम्पूर्ण रेखदेखमा र मूल नागरिक सरहको सुबिधा लिएर बसेको र बाँचेका पनि छन् । राज्यसँग यिनीहरुको खासै आशा पनि छैन तर ‘एकपटकको नेपाली सधैंको नेपाली’ भनेर बिशेष नागरिक बन्न पाउने चाहाना भने निरन्तर प्रकट भएकै छ । तर पनि यो वर्गलाई सरकारले बिशेष अवस्था बाहेक त्यति धेरै चिन्ता र जिम्मेवारी लिनु पर्ने अवस्था छैन ।

२-दोस्रो नम्बरका प्रवासीहरु निश्चित समयको लागि देशबाट खर्च लगेर बाचेका हुन्छन् । जस्तो कि भिजिट भीषामा जाने र बिद्यार्थीहरु यो बर्गमा पर्दछन् । अहिले उनिहरु गएको देशका प्रमुखसँग कुरा गरेर हाम्रो सरकारले ब्यवस्थापनको लागि कुरा गरेको भएपनि पहिला उनीहरुकै देशका नागरिकलाई प्राथमिकता दिन्छन् भन्ने बुझ्न पनि जरुरी छ । उनिहरु त्यहाँ बिरामी हुँदा त बरु आफ्नै नागरिकको सुरक्षाको लागि भए पनि हाम्रा नागरिकलाई खोजेर निगरानीमा राख्लान् तर बिरामी नहुनेहरु जो आमरुपमा जीवनयापनको लागि काम समेत गर्न नपाउँदा दैनिक रुपमा हुने खर्चको ब्यवस्थापन गर्न नसकेर अत्यन्तै गाह्रो अवस्था सृजना भएको छ, उनीहरुको लागि हाम्रो सरकारको भूमिका अति आवश्यक छ ।

यो पीडामा पर्नेहरु नेपालबाट आफू र आफ्नो परिवारसँग भएको पैसा समेत पाउन र पठाउन गाह्रो भएको अवस्थासँग जुधिरहेको छ । त्यसैले यस्ता नागरिक मध्ये अहिलेलाई सम्बन्धित देशमा जस्ले जीवनयापन गर्न सक्छन् उनिहरुलाई त ठिकै छ । तर, नसक्नेलाई उनीहरुको अभिभावकले सक्ने भए उनिहरुमार्फत् र नसक्ने भए सरकारले उचित विधि बनाएर त्यहाँ रहन सक्ने अवस्थाका आफ्ना नागरिकलाई आवश्यक खर्च पठाउने र उचित ब्यवस्थापन गर्ने गरि संयोजनकारी भूमिका निर्वाह गरेर आफ्ना नागरिकप्रतिको जिम्मेवारी सरकारले पूरा गर्नुपर्छ । जस्को लागि नेपाली दूतावासलाई र दूतावास नभएको ठाउमा विभिन्न संघसस्था, एनआरएनए लगायतकोे सहयोग लिएर आवश्यक पर्दा उनिहरुलाई नेपालसम्म झिकाउन पर्ने अवस्थाको समेत विकल्प सोचेर डाटा सङ्कलन गरि राख्नु पर्दछ । साथै आवश्यकता अनुसारको संरक्षण र उद्दारको लागि नेपाल सरकार तयारी अवस्थामा सचेत रहनुपर्छ ।

३ –यो समूह बिशेषगरि खाडी मुलुक र श्रम स्वीकृति लिएर निश्चित समयको लागि श्रमिकको रुपमा बाहिर जानेहरु अनि भिजिट वा विभिन्न भिषाका बाहानामा काम गर्ने र पैसा नै कामाउन जानेहरु हुन । जसलाई पुन ३ भागमा बाड्न सकिन्छ ।

क- यसमा श्रम स्वीकृति लिएर, उक्त देशको श्रमकानुन बमोजिम निश्चित मापदण्ड अनुसार आफूलाई उचित लागेको तलब र सुबिधा लिएर काम गर्ने कामदारहरु, अनि आफ्नै ब्यापार ब्यवसाय गरेर स्थापित भएका ब्यवसायीहरु पर्छन् । जो आवश्यक पर्दा केही नेपालीको जिम्मा पनि लिन सक्छन् उनिहरुका लागि सरकारले त्यति धेरै चिन्ता लिनुपर्दैन । तर पनि नेपाल आउने चाहना हुन सक्छ । यसलाई पनि एउटा श्रेणीमा राखेर उनीहरुको सहयोग समेत लिन राज्यले डाटा सङ्लन, समुह बिभाजन र उचित ब्यवस्थापनको बिधि निर्धारण गर्नुपर्छ ।

ख- त्यस्ता श्रमिक जो त्यहाँको राज्यसँग एउटा श्रमिकले पाउने सबै कुरा लिएर बस्न पाएका छन् र आवश्यक पर्दा कम्पनीमार्फत् देश आउन सक्छन् । अथवा उनीहरु बसेको देशको नीति बमोजिम पाउने सम्पूर्ण सुबिधा पाउन सक्छन् वा पाईरहेका छन् । उनीहरु आफू गएको कम्पनी वा स्पोन्सरको राम्रो रेखदेखमा रहेका छन् । भोलि हाम्रो देशले जिम्मेवारी लिन पर्न सक्छ तर अहिले नै अति आवश्यक छैन । यो बर्ग निक्कै ठूलो संख्यामा पनि छ । यसलाई दोश्रो प्राथमिकतामा राखेर हेर्दा पनि हुन्छ । तर,यो संख्या पनि अहिले देखि नै दूतावास भएको ठाउमा दूतावास र नभएको ठाउँमा नेपाली संघ सस्थालाई सम्पर्कमा लिएर नेपाल फर्कन चाहने र नचाहनेहरुको उचित डाटा सङ्कलन गरि राख्नु पर्दछ । जो अहिले मात्रै नभएर सधैंभरी राज्यको जिम्मेवारी भित्र पर्ने बिषय पनि हो ।

ग- अहिले सबैभन्दा मुस्किलमा परेको बर्ग यही हो । वास्तवमा यो बर्ग विभिन्न तरिकाले त्यो देश त पुग्यो, तर बिबिध कारणले त्यहाँको कानुनले निर्देश गरेको नियम बिपरित गैरनागरिकको रुपमा बसेको समूह हो । यस्तो अफ्ठ्यारोमा पर्नेहरु मध्ये कोहि श्रम स्वीकृति लिएर गए तर त्यहाँ गएर भनेको कम्पनीमा काम नहुँदा नेपाल फर्कन भन्दा भागेर दैनिक ज्यालादारीमा लुकेर काम गर्ने भन्नेहरु छन् । कोहि नेपालदेखि घुम्न जाने अनि उतै लुकेर काम गर्नेहरु छन् जो खाडि मुलुकदेखी युरोप–अमेरिका र संसारका कयौं देशसम्म रहेका छन । कोहि दलालले लगेका तर काममा चाहिँ लागी नसकेका पनि छन्, जो दलालको चलाखीका कारण नेपाली समाजको सम्पर्कबाट समेत टाढा भएर अफ्ठ्यारो स्थिति भोगिरहेका छन् । कोहि कम्पनीले भनेको तलब नदिदा वा सो भन्दा बढी आम्दानी हुने भएकोले भागेर अन्यत्र गई बिना भिसा छोटो र लामो समयदेखि काम गरेका श्रमिक पनि छन् । कति त भिषा सक्किएर घर आउन लागेका तर आउन नपाएका पनि छन् । कोहि कम्पनीले भनेकोबेला तनखा नदिने श्रमिक पनि छन्, जो आर्थिक अभावको पीडामा छन् र कोहि कम्पनी बन्द भएर बसेका पनि छन् । यसरी विभिन्न कारणले तर गैरकानुनी वा घर फर्किने अवस्थामा आफ्नै खर्चमा फर्कनु पर्ने बाध्यात्मक रुपमा बसेका नेपालीको संख्या पनि संसारभर सानो छैन । यो पीडामा परेका नेपाली बिशेष गरी खाडिका यु.ए.ई., कतार, साउदी, बहराईन, मलेसिया, कुबेत, ओमन हुँदै जापान, अमेरिका र युरोप लगायतका देशसम्म फैलिएको हुनाले यो संख्या पनि अत्याधिक छ । अहिले सबै भन्दा बढी पीडा पनि यहि बर्गले भोगेको छ । किनकी, कानूनी रुपमा त्यहाँको सरकारसँग सम्पर्कमा आएर आफ्नो समस्या राख्न नसक्ने अवस्था नभएका कारण सो राज्यको गैरआवसिय श्रमिक नेपालीहरुले पाउने सुबिधा लिन सक्ने अवस्था छैन । त्यसैले यतिबेला यो वर्गको पीडा अनुमान गर्न सक्ने अवस्थामा छैन ।

त्यस्तै यही समयमा लुकि–छिपि कामगर्ने ठाउँ पनि बन्द भएको कारणले गर्दा यिनीहरु सबैभन्दा बढी समस्यामा छन् । लकडाउनको समयमा न त यो बर्गले त्यहाँको सरकारले दिएको राहत लिन पाएको छ न त आफूसँग लामो समयसम्म सुरक्षीत रहन सक्ने आर्थिक जोहो नै गर्न सक्छ । त्यसैले यो समस्याको नेपालीहरुलाई सबैभन्दा पहिला सम्भब भए दूतावास मार्फत नत्र प्रवासका विभिन्न राजनैतिक दलका भातृसङ्गठन, एनआरएनए, नेपाली समाजका विभिन्न संघ–सस्थाका अगुवामार्फत् साचो अवस्था र संख्याको डाटा तयार गरेर उद्दारको उचित पहल गर्नु पर्छ । यो समुहका मान्छेहरु अवस्था हेरेर सकेसम्म सरकारले पहिलो चरणमा ल्याउन तैयार हुन सक्नुपर्छ र उनीहरुका लागि राज्य उत्तरदायी हुनैपर्दछ । यदि यो कोरोना समय मै नियन्त्रण हुन सकेन भने हाम्रो सरकारले यो सम्पूर्ण जिम्मेवारी पूरा गर्न तैयारी अवस्थामा रहनु पर्छ ।

त्यसैले यसरी प्रवासमा बस्ने नेपालीहरुको समस्याको उचित छानवीन गरेर निश्चित मापदण्ड र आवश्यकताका आधारमा वर्गिकरण गरेर राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । ढिला भै सकेको छ, तर पनि अहिलेदेखि नै यथासम्भब छिटो चुस्त दुरुस्त संरचना तयार गरेर यो जिम्मेवारी बहन गर्न आवश्यक छ ।

हिजो आफ्नो रगत पसिना बगाएर आफ्नो मातृभूमिकोे अर्थतन्त्र धान्ने प्रवासका श्रमिक नेपालीले अफ्ठ्यारो पर्दा‘ मेरो देश छ, मेरो माटो छ’ भन्ने महसुस राज्यले गराउन सक्नु पर्दछ । उनीहरुको आत्मबल उच्च बनाउने कर्तव्य र धर्म राज्यले निर्वाह गरोस् भन्ने अनुरोध सम्बन्धीत पक्षलाई गर्न चाहान्छु ।

जसका लागि संसारभरि रहेका राजनैतिक पार्टीका भातृ संगठन, एनआरएनए जस्ता सबै खाले संघ संस्था, नेपाली समाज र देशभित्र र बाहिर रहेका बौद्धिक ब्यक्तित्वले पनि बेलैमा सरकारलाई सुझाब, सहयोग र दबाब सृजना गर्नु अहिलेको बिशेष आवस्यकता र जिम्मेवारी हो भन्ने महसुस सबैले गर्नुपर्दछ ।

लेखक,तत्कालिन नेपाली जनप्रगतिशील मन्च युएईका पूर्वअध्यक्ष हुन्

वि.सं.२०७७ वैशाख १० बुधवार १२:४३ मा प्रकाशित

ADBL AD
यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...