back
CTIZAN AD

नेकपा बाहेकका प्रमुख दलहरुद्धारा संसदको बैठक बोलाउन माग, यस्तो छ ६ बुँदे निर्णय

वि.सं.२०७७ वैशाख १० बुधवार

687 

shares

१० वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहितका चार विपक्षी दलले सरकारले गलत नियतका साथ ल्याएको अध्यादेश तत्काल फिर्ता लिन तथा सामाजिक दूरी कायम गरेर संसदको बैठक बोलाउन माग गरेका छन् ।

कांग्रेस सहित समाजवादी, राजपा र राप्रपाका शीर्ष नेताहरूको बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको संयुक्त बैठकले राजनीतिक दल फुटाउन खुकुलो हुनेगरी तथा तथा विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न मिल्नेगरी ल्याइएका दुबै अध्यादेशलाइ अधिनायकवाद मान्दै ६ बुँदे निर्णय समेत गरेका छन् ।

१ वर्तमान नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको ओली सरकारले कोरोना संक्रमणको कारण देश लकडाउनको अवस्थामा रहेको बेला हठात संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि–पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी तेस्रो संशोधन अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधन सम्बन्धी अध्यादेशहरू वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लङ्घन भएकाले यसको घोर निन्दा गर्दछौँ । ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल््य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृंखलाबद्ध कदमहरूको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरूलाई हामीले लिएका छौँ । यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ ।

२ मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिबाट जारी यी अध्यादेशहरूले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्ममा आक्रमण गरेकाले सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

३ कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा देश रहेको र यसका कारण आमजनता खाद्यान्न लगायतका न्यूनतम आवश्यकताबाट पनि बिस्तारै बञ्चित हुँदै गएको छ । सरकार राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरूलाई द्रूत गतिमा जाँच र स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकहरूप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएकाप्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।

४ यो बैठक राजनीतिक दलहरू, नागरिक समाज र आम नेपाली दिदीबहिनी दाजुभाइहरूमा सरकारको अधिनायकवाद उन्मुख कदमप्रति थप चनाखो भई सरकारका लोकतन्त्र विरोधी र जनविरोधी कामहरूका विरुद्धमा सचेत र जागरुक हुन अपिल गर्दछ ।

५ यो बैठक संघीय संसद बाहिर रहेका राजनीतिक दलहरू र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय गर्दछ ।

६ हाल लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने यो बैठक निर्णय गर्दछ ।
बैठकमा यी ४ दल बाहेक राष्ट्रिय जनमोर्चा र नेमकिपाको उपस्थिति आज हुन नसकेपनि अध्यादेशको विपक्षमा रहेका अन्य दल र नागरीक समाजलाइ पनि गोलबन्द गरीने बताइएको छ ।

वि.सं.२०७७ वैशाख १० बुधवार २०:१७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...