back
CTIZAN AD

राक्सिराङ्ग गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँ फर्कायो

वि.सं.२०७७ वैशाख ११ बिहीवार

1K 

shares

११ बैशाख, काठमाडौँ । लकडाउनका कारण काठमाडौमा समस्यामा परेका आफ्ना नागरिकलाई गाउँ फर्काउने क्रम बढेसँगै केही गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा राखिने सूचना जारी गरेसँगै गाउँ फर्किन तयार भएकाहरु पनि नजाने निर्णय गरिरहेका बेला राक्सिराङ्ग गाउँपालिकाले भने आफैले पहल गरी आफ्ना नागरिकको उद्धार गरेको छ ।

मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाले लकडाउनका कारण काठमाण्डौमा समस्यामा रहेका आफ्ना नागरिकहरुको उद्दार गरेको हो ।

काठमाडौंमा ज्यालामजदुर, अध्ययन एवं विभिन्न पेशा गरि बस्ने र हाल जारी लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको बताइएको छ । गाउँपालिकाले पहिलो चरणमा २ वटा बसको व्यवस्था गरि गाउँपालिकाबासीलाई सुरक्षित तरिकाले आफ्नो गाउँ फर्काउने क्रममा एक बसमा रहेका ४० जनालाई दिउसो २ बजे मनहरीस्थित बसपार्क ल्याइपुर्याएको थियो भने अर्को बस साँझमा छुट्ने जनाइएको उद्धारमा सम्पर्क व्यक्तिका रुपमा सक्रिय रहेका रमेश बर्तौलाले जानकारी दिए ।

वडा अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिका ल्याईएका उनीहरुलाई गाउँपालिकाको स्वास्थ्य टोलीले चेक जाँच गरी कोरोना सम्बन्धी सचेतना दिंदै सुरक्षित साथ घरमा बस्न आग्रह गरेर मात्र पठाइएको छ ।

विदेशबाट आएका होइनन्, काठमाडौँमा ज्याला मजदुरी गरेर बसेकाहरुलाई अलपत्र अवस्थामा छाड्न भन्दा फर्काउन राम्रो ठानेर उद्धार गरिएको अध्यक्ष मल्लले बताए । दुई वटा बसमा १८० जनाको उद्धार गरिएको र अरु पनि नागरिक फर्काउनु पर्ने अवस्था देखिएको पनि उनले बताए ।

 

वि.सं.२०७७ वैशाख ११ बिहीवार २०:०४ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...