back
CTIZAN AD

बर्दियामा ६९ वटा मानव अधिकार उलङ्घनका घटना

वि.सं.२०७३ पुस ६ बुधवार

1.1K 

shares

६ पुस,बर्दिया । जिल्लामा ६९ वटा मानवअधिकार उलङ्घनका घटना घटेका छन् ।

इन्सेक बर्दियाले आज यहाँ आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन पूर्व समीक्षा कार्यक्रममा सन् २०१६ भित्र घटेका उक्त घटनामध्ये महिला चार, बालिका दुई र भ्रुण एक गरी सातवटा हत्याका घटना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

त्यस्तै उक्त अवधिमा महिला ११ र बालिका २२ गरी ३३ वटा बलात्कारका घटना घटेको इन्सेकले जनाएको छ । सन् २०१५ मा १७ जना बालबालिका र ११ जना महिला गरी २८ वटा बलात्कारका घटना घटेको थियो ।

इन्सेक बर्दियाका अनुसार, सन् २०१६ भित्र तीनजना बालबालिका र दुईजना महिलामाथि बलात्कार प्रयासका घटना भएको छ भने तीनजना महिला यौनजन्य दुव्र्र्यवहारमा परेका छन् । सन् २०१५ मा १० जना बालिका र २८ जना महिला यौन दुव्र्यवहारमा परेका थिए भने तीनजना महिलामाथि बलत्कारको प्रयास भएको थियो ।

इन्सेक बर्दियाका प्रतिनिधि मानबहादुर चौधरीले जिल्लामा दुईवटा बोक्सी, पाँच घरेलु हिंसा, तीन जातीय छुवाछुतका घटना, दुईवटा यातना, एक सम्पत्ति क्षति र एक वटा कुटपिटका घटना घटेको जानकारी दिनुभयो ।

तुलनात्मक रुपमा गत वर्षको तुलनामा यसवर्ष मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक बर्दियाले जनाएको छ । सन् २०१५ मा १८३ वटा मानवअधिकार उल्लङ्घका घटना सार्वजनिक भएका थिए ।रासस

वि.सं.२०७३ पुस ६ बुधवार १०:०६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...