back
CTIZAN AD

महोत्तरीको बर्दिवासमा एकीकृत नमुना बस्ती निर्माण हुने

वि.सं.२०७३ पुस ६ बुधवार

966 

shares

६ पुस ,महोत्तरी। महोत्तरीको बर्दिवासस्थित मुसहरबस्तीमा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको छ ।

एक प्रदेश एक नमुनाबस्ती कार्यक्रमअनुरुप बर्दिवास नगरपालिका– २ स्थित दलित समुदायको मुसहरबस्तीमा अगामी २०७४ साल वैशाख मसान्तसम्ममा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको हो ।

भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृतबस्ती निर्माण गरेका धुर्मुस– सुन्तलीले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।

गाँस, बास र कपासको समेत समस्या रहेको मुसहरबस्तीमा बसोबास गर्ने ५० परिवारलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको धुर्मुस– सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।

रु चार करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउन्डेसनले गिरान्चौर एकिकृत नमुनाबस्ती निर्माणबाट बचेका रु एक करोड ३ लाख ६६ हजार ३०१ सो बस्ती निर्माणका लागि खर्च गर्ने फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

यहाँको ५० घरलाई आधुनिक वातावरणमा आधारित एकीकृत नमुनाबस्ती निर्माण गरिने छ, फाउन्डेसनका प्रबन्धक अर्जुन न्यौपानेले आधुनिक एवम् सभ्यवातावरणसहितको नमुनाबस्ती निर्माणका लागि सबैलाई आ–आफनो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित

महोत्तरी सोन– ५ स्थित सरस्वती जनता माविका विद्यार्थी आन्दोलित भएका छन् ।

वर्षौदेखि विद्यालयमा माविस्तरको शिक्षकको अभाव रहँदासमेत सम्बन्धित निकायले कुनै पहल नगरेको भन्दै सो विद्यालयका विद्यार्थी आजदेखि विद्यालयको मूलगेटमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन ।

विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल माविस्तरको एकजना शिक्षक मात्र कार्यरत रहेका छन् । शिक्षकको अभावमा समयमा विद्यार्थीलाई अध्यापन गराउन कठिनाई हुँदै आएको विद्यालयका प्रधानाध्यापक शत्रुधन यादवले बताउनुभयो ।

यससम्बन्धमा आफूले स्रोत केन्द्र सोनमाका स्रोत व्यक्ति ज्ञानेन्द्र यादव र जिल्ला शिक्षा कार्यालयमा पनि पटक पटक लिखित एवम् मौखिक रुपमा ध्यानाकर्षण गराउँदासमेत आश्वासनबाहेक शिक्षक पठाउनका लागि कुनै पहल नगरिएको प्रअ. यादवले बताउनुभयो ।

करिब एकहजार २०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा १० जना शिक्षक मात्र कार्यरत रहेका छन् । रासस

वि.सं.२०७३ पुस ६ बुधवार १०:१४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...