back
CTIZAN AD

बर्लिनमा क्रिसमस बजारलक्षित ट्रक आक्रमणको आइएसद्धारा दावी

वि.सं.२०७३ पुस ६ बुधवार

963 

shares

 ६ पुस,बर्लिन । जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको ट्रक आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मा लिएको छ ।

आइएस आतङ्ककारी समूहले आफ्ना एक लडाकूमार्फत सो आक्रमण गराएको जानकारी दिएको छ ।

आइएस आतङ्ककारी समूह आफ्नु समूहविरुद्ध सैन्य कारबाहीमा संलग्न गठबन्धनमा संलग्न रहेका देशहरुका नागरिकहरु लक्षित आक्रमण गर्ने आफ्ना प्रतिवद्धता स्वरुप सो आक्रमण भएको बताएको छ ।

क्रिसमसको लागि बजार लागिरहेको स्थानमा एक ट्रक लगेर जोत्दा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको थियो । बर्लिनको मुटु मानिने यस स्थानमा भएको आक्रमणमा परी अन्य ५० जना घाइते भएका थिए ।

उक्त ट्रक आक्रमण कैसेर विल्हेल्म मेमोरिएल चर्चको बाहिरी इलाकामा रहेको प्र्ख्यात् क्रिसमस बजारमा भएको थियो ।

क्रिसमसको पूर्व सन्ध्यामा बनाइने परम्परागत मनोरञ्जनको रुपमा पर्यटक र स्थानीय बासिन्दाहरुले आनन्द लिइरहको बेला सो आक्रमण भएको थियो ।

यसअघि पनि आइएस आतङककारी समूहले गत जुलाई १४ मा दक्षिणी फ्रान्सको निस सहरमा राष्ट्रिय दिवसको लागि जम्मा भएको समूहलाई लक्षित यसरी नैे एक ट्रकले जोत्दा कम्तीमा ८६ व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ पुस ६ बुधवार १०:१५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...