१४ बैशाख, काठमाण्डौं । नेपालमा आज थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
संक्रमण हुनेमा पर्सा र वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल उनीहरु आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको छ ।
हालसम्म ५१ जनामा कोरोना संक्रमण देखिएकोमा १२ जना निको भएर घर फर्किइसकेका छन् भने बाँकी ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १३:०४ मा प्रकाशित





























