back
CTIZAN AD

विवरण उपलब्ध गराउन नेपाली दूतावास ओमानको अनुरोध

वि.सं.२०७७ वैशाख १४ आइतवार

789 

shares

१४ बैशाख, ओमान । नेपाली दूतावास ओमानले, कोरोनाका कारण प्रभावित बनेका ओमानका नेपालीहरुलाई यथाशक्य रुपमा शिघ्र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीबाट उत्पन्न असहज परिस्थितिले ओमानमा रहेको विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा अन्य काममा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले कुनै न कुनै रुपमा असहज परिस्थिति भोग्नु परेको दूतावास अवगत रहेकोले यस्तो अनुरोध गरिएको दूतावासले बताएको छ ।

‘यसै सन्दर्भमा ओमानमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा यस विषम परिस्थितिले पर्न गएको तथा पर्न सक्ने समस्याहरुको एकीकृत विवरण तयार गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप नेपाली राजदूतावास ओमानले संलग्न लिंक बमोजिमको फारम तयार गरी यहाँहरुसमक्ष प्रस्तुत गरेको छ ।’ दूतावासद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।

उक्त फारम मार्फत यथाशक्य रुपमा पूर्ण बिवरण उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गर्दै तल दिईएको लिंक खोली आफ्ना बिवरणहरू भरीसकेपछि सोही फारामको अन्तिममा रहेको Submit  बटनमा थिच्नु पर्ने जानकारी समेत दूतावासले दिएको । ‘तपाईले उपलव्ध गराउनु भएका सूचनाहरू गोप्य रहनेछन् ।’ दूतावासले भनेको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १७:४० मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...