१५ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ भने मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९ सय ९५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५६ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या २९ लाख ९४ हजार ७ सय ६१ पुगेको छ भने २ लाख ६ हजार ९ सय ९२ ले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ वैशाख १५ सोमवार ०७:५४ मा प्रकाशित






























