back

कोरोना अपडेट : आइतबार मृत्यु हुनेको संख्या अहिलेसम्मकै कम

वि.सं.२०७७ वैशाख १५ सोमवार

321 

shares
NTC AD

१५ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख १५ (सन् २०२० अप्रिल २७) बिहान ७.३० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २९,९४,७३४ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २,०६,९९० पुगेको छ । एकैदिन ३७१८ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या १ महिना यताकै सबैभन्दा कम हो ।

निको भएर घर फर्किएकाहरु संख्याका ८७८,८१६ छ भने उपचाररत हालको बिरामीको संख्या १,९०८,९२८ रहेको छ । जसमध्य १,८५१,३२५ को अवस्था मध्यम छ भने ५७,६०३ को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निकोहुनेको संख्या बढेको छ । आइतबारको तथ्यांकले बिरामी मध्ये ८१ प्रतिशत सन्चो हुने गरेका छन् भने १९ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ९८७,१६० पुगेको छ भने ५५,४१३ को मृत्यु भएको छ । एकै दिन २६५०९ नयाँ संक्रमित थपिएका छन् भने ११५७ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु संख्या दुवै आधै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १९७, ६७५ रहेको छ भने मृत्यु हुनेको संख्या २६,६४४ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(५५,४१३) इटाली दोस्रो(२६,६४४), स्पेन तेसो(२३,१९०), फ्रान्स चौंथो(२२,८५६), बेलायत पाचौँ(२०,७३२), बेल्जियम छैठौं(७,०९४), इरान सातौँ(५,७१०), जर्मनी आठौँ(५,९७६) र चीन नवौँ (४,६३३) क्षति व्यहोर्ने देशमा छन् । चीनमा आइतबार थप एक जनाको मृत्यु भएको छ । अघिल्लो एक हप्ता एकजनाको पनि मृत्यु भएको थिएन ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा ३ जना संक्रमित थपिएका छन् भने ४ जना निको भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १२ जना निको भएर फर्किएका छन् । आइतबारसम्म ९९३२ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन आज सकिँदै गर्दा हिजोको मन्त्री परिषद्को बैठकले पुन १० दिन थप गरी वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ । २७,८९० जना संक्रमित रहेको र ८८१ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १६०७ जना नयाँ संक्रमित थपिएका छन् भने भने ५६ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने संक्रमित र मृत्यु हुने दुवैको संख्या बढिरहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क

वि.सं.२०७७ वैशाख १५ सोमवार ०८:०० मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...