१७ वैशाख, काठमाडौँ । कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन रगत सङ्कलन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का इन्चार्ज अनिल शर्माको पहल र कमाण्डमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत संकलन भएको थियो । सामाजिक दुरी कायम तथा सम्पूर्ण मापदण्ड पु¥याएर व्यवस्थित गरिएको उक्त कार्यक्रममा मध्यबानेश्वर क्षेत्रका ८२ जना स्थानीयवासीले रक्तदान गरेका थिए ।

लकडाउनको समयमा देशैभर रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको नेता शर्माले जानकारी दिए । सङ्कलित रगत नेपाल रेडक्रम (रक्तसञ्चार केन्द्र) भक्तपुरमा बुझाइने बताइएको छ ।
कार्यक्रममा प्रदेश सांसद गणेश प्र दुलाल, वडा अध्यक्ष नारायण भण्डारी, वडा सदस्यहरु हुमादेवि आचार्य र रमेस सत्याल, पार्टी जिल्ला कार्यालय सदस्य इश्वर सापकोटा ‘शैलेस’ तथा जिल्ला सदस्यहरुका साथै मजदुर नेता जनक वर्तौलालगायतको उपस्थित र पहल रहेको बताइएको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १९:०७ मा प्रकाशित






























