१७ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना भाइरस (कोभिड–१९) को चुनौति सामना र सहकार्यबारे चिनियॉ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओसँग छलफल गरेका छन् ।
नेकपा विदेश मामला विभाग प्रमुखको हैसियतले आफ्नो संयोजनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, (पृथ्वीसुब्बा गुरुङ बाहेक) छ वटै प्रदेशका पार्टी इन्चार्ज र डाक्टरहरूसमेतले चिनियॉ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स गरिएको नेता नेपालले जानकारी दिएका छन् ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १८:३६ मा प्रकाशित






























