back
CTIZAN AD

२०२१ मा ओलम्पिक असम्भव – प्रधानमन्त्री आबे

वि.सं.२०७७ वैशाख १८ बिहीवार

897 

shares

१८ वैशाख । जापानी प्रधानमन्त्री शिन्जो आबेले २०२१ मा टोकियो ओलम्पिक हुन असम्भव भएको बताएका छन् ।

प्रधानमन्त्री आबेले बुधबार टोकियो ओलम्पिक आयोजना सम्बन्धी विपक्षी पार्टी सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा कोरोना भाइरसको अन्त नभएसम्म ओलम्पिक हुन नसक्ने अभिव्यक्ति दिएका हुन् । आबेले भने ‘हामी ओलम्पिक र प्यारालम्पिक कुनै परिवर्तन बिना नै भएको चाहन्छौं तर यसको लागि महामारी नियन्त्रणमा लिनु आवश्यक छ।’

उनले फेरि दोहोर्‍याए कि ‘खेलहरू यस्तो तरिकाले गरिनुपर्दछ कि सारा विश्वले उनीहरूले यो भाइरस बिरूद्ध लडाई जितेको छ भन्ने महसुस गरोस्। ’

उनले ओलिम्पिकमा खेल्ने खेलाडीे मात्र नभएर हेर्ने दर्शक पनि सुरक्षित साथ भाग लिन पाउनु पर्ने बताएका थिए ।
अघिल्लो दिनमात्र टोकियो ओलम्पिक संगठन समितिका प्रमुख योशिरो मोरीले यदि अर्को वर्षसम्म कोरोना नियन्त्रण भएन भने खेलहरू रद्द गरिने बताएका थिए ।

मन्त्री आबेले यसबारे अन्तर्राष्ट्रिय ओलम्पिक संघ र टोकियो २०२० आयोजना समितिसँग सम्पर्क भैरहेको जानकारी समेत दिएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक संघ र जापान सरकारले ओलम्पिक गत महिना २०२१ सम्म स्थगित गरेको थियो, सो अनुसार २ जुलाई २०२१ बाट प्रतियोगिताहरु आयोजना हुने कार्यक्रम थियो । (एजेन्सी)

वि.सं.२०७७ वैशाख १८ बिहीवार ११:०१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...