१८ वैशाख, पर्सा । वीरगंज महागरपालिका–१६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित एक युवा पक्राउ परेका छन् ।
सोही महानगरपालिका–१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा अवैध वित्तिय कारोवार(हुण्डी) भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १३:३९ मा प्रकाशित






























