back
CTIZAN AD

लकडाउनपछि सबैभन्दा बढी रगत संकलन गर्यो बुधबारे जेसीज

वि.सं.२०७७ वैशाख १८ बिहीवार

750 

shares

१८ बैशाख, बुद्धशान्ति । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन बुधबार बृहत रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको महासचिव दीपेन सिटौलाले जानकारी दिए ।

बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष जेसी राईले सबैलाई धन्यवाद दिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा भएको रक्तदान कार्यक्रममा बुधबारे जेसीजका पुर्व अध्यक्षहरु जेसी फदिन्द्र चापागाईं, जेसी अतुल प्रसाईं, जेसी सेवन्त पोख्रेल, जेसी प्रकाश भण्डारी, निवर्तमान अध्यक्ष जेसी हेमन्त बराल, रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्ति सभापति सीता निरौला लगायतको उपस्थिति थियो ।

लकडाउन यता झापामा भएको रक्तदान कार्यक्रममा सबैभन्दा बढी यस कार्यक्रममा रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका रक्त सञ्चार केन्द्रका इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १३:३० मा प्रकाशित

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...