back
CTIZAN AD

पर्वत समाजद्वारा ३२ थान पिपिइ हस्तान्तरण

वि.सं.२०७७ वैशाख १८ बिहीवार

789 

shares

१८ बैशाख, पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्ला अस्पताल पर्वतलाई ३२ थान पिपिइ हस्तान्तरण गरेको छ ।

स्वास्थ सामाग्री कम भै रहेको स्थितिमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई हुने गरी उच्च स्तरको १२ थान र मध्यम खालको २० थान गरि ३२ थान पिपिइ सहयोग गरीएकोे थियो ।

पर्बतबाट बिभिन्न देशमा गएका नेपालीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजका तर्पmबाट समाजका संरक्षक गोविन्द सुवेदी र समाजका कानुनी सल्लाहकार केशवराज पुरी लगायतको टोलीले जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीलाइ एक कार्यक्रमका विच हस्तान्तरण गरेकोे थियो ।

सो हस्तान्तरण कार्यक्रममा बाग्लूगका सांसद डा सूर्य पाठक, कुश्माका मेयर रामचन्द्र जोशि, मुटुरोग बिशेषज्ञ डा अनिल भट्टराई, समाजका संरक्षक गोविन्द सुवेदी, कानूनी सल्लाहाकार केशवराज पुरी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, शिवालय माविका अध्यक्ष ईश्वर गिरी लगायतको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माका अनुसार कोरोना भाईरस (कोभिड–१९) को आशंका गरिएका बिरामीहरुको उपचारमा चिकित्सक, स्वास्थ्यकर्मीलाई सहयोग पुगोस भन्ने उद्देश्यले ती सामाग्री पठाइएको थियो ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १९:५९ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...