back
CTIZAN AD

धरहरा ढलेझैं ढले मेरा सबै पुरूष अहमहरू

वि.सं.२०७७ वैशाख १८ बिहीवार

867 

shares

ओ हो अलिकति कमाएको भरमा शासन गर्न खोज्ने मैले त केही गरेकै रैनछ । जानेकै केही रहेनछ । ढल्यो मेरो यो औचित्यहीन पुरूष अहम् ।
क्षमा मागें बूढी । धन्यवाद कोरोना । धन्यवाद लकडाउन ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना पछि लकडाउनमा बसेको एक महिनाभन्दा बढी भैसक्यो । यसले हाम्रो दैनिक जनजीवनमा हाम्रो खानपान रहनसहनमा ठूलो असर पारेको छ । हजुरहरूको जीवनमा के कस्तो असर पर्यो कुन्नी तर मलाई पारेको असर शेयर गर्न चाहान्छु ।

बिहा गरेको सत्र वर्ष लाग्नलाग्दा पत्नीलाई सन्तान नौ महिना गर्भमा राखेकोमा दया गरेको छु, रैछु मैले । विहानै बेड टी, छोराहरूलाई स्कूलको तयारी आफूलाई अफिस जान तयारी बेलुकीको खाना बेडमा प्रेमिकाको भूमिका यस्तै सोच्दो रहेछु पत्नीको काम। कमाई दिएकै छु, परिवारलाई पुराइदिएकै छु अरू के चाहियो र भन्दै मनमौजी जीवन चलेको रहेछ तर कहाँबाट आइलाग्यो यो कोरोना अनि हुनुपर्यो घरमै लकडाउन । अनि मेरा सबै सोच मेरा सबै पुरूष अहमहरू भुइचालोमा धरहरा ढलेझैं ढले गर्लम्म ।

बल्ल पो थाहा भो बिहानै बेडमै पिउनु पर्ने चिया पकाउन पानी चीनी चियापत्ती दूध चाहिँदो रहेछ । खानुभन्दा अगाडि र खाईसके पछि माझ्नु पनि पर्दो रहेछ । माझ्न साबुन मस्कौटो पनि चाहिँदो रहेछ ।

छोराहरूलाई स्कूल पठाउनु मात्र कहाँ रहेछ ? उनीहरूले स्कूलमा लगाउने कपडा जुत्ता मोजा धुने आइरन गर्ने हरेक दिन । उनीहरूलाई मन पर्ने ब्रेक फास्ट लन्च र डिनर तयार गर्ने । उनीहरूको मनस्थिति हेरेर व्यवहार गर्नु पर्ने । सासूको आमाजूको स्वास्थ्य ख़्याल गर्नु पर्ने, विदेशमा रहेका दिदीबहिनी भाइको हरदम चिन्ता गर्नु पर्ने, माइतीमा बुवाको प्रेशर सुगर अनि आमाको थाईरायड सम्मको ध्यान दिनु पर्ने ।

मुख्य काम दिनभरि गफ गरेर कम्प्यूटरमा काम गरेर थकित भएको बहाना गर्ने म जस्तो पतिको घर आगमन अघि नै खुशीका लागि तयारी गर्नु पर्ने । कति हो रहेछ कष्ट पनि ।

मैले लकडाउनबाट नै जानें घरमा थालबटुका हुँदारहेछन् अनि कहाँ राखिँदो रहेछ । डाडु पुन्यू कवितामा मात्र हुन्न रहेछ साँच्चिकै जीवनमा पनि हुँदो रहेछ । तरकारी आफैं पाक्दो रहेछन् केलाउने काटकूट गर्नु पर्ने, मर मसला हुने रैछन् प्याज़ काट्दा आँशु पनि आउँदो रैछ छुरीले चोट पनि लाग्दो रहेछ । तरकारी पकाउँदा नुन तेल मसलाको निकै सन्तुलन पनि हुँदो रहेछ ।

घर हरेक दिन बढार्नु पर्ने पोछा लाउनु पर्ने हामीले लगाउने लुगा धुनु पर्ने, फोहोर सफा गर्ने फाल्नु पर्ने, पानी चढाउनु पर्ने ग्याँस, बिजुली पानी टेलिफोनको बिल तिर्नु पर्ने फ्रिजलाई भरिभराउ र व्यवस्थित गर्नु पर्ने। सजिलो हुँदैन रहेछ ।

छिमेकीका मरिमराउ पूजा सबैमा घरबाट प्रतिनिधित्व पनि भएकै रहेछ ।

सबैभन्दा गारो त बूढाका गनगन अफिसका टेन्सन सुनिदिनु पर्ने अनि उस्तै व्यवहार गर्नु पर्ने, छोराहरूका होमवर्क पनि गर्नु अनि बूढाको मनपसन्द खाना कपडा र टीभी प्रोग्राममा रमाउनु पर्ने । आफू स्वस्थ होस् नहोस् हरेक दिन प्रेमिकाको रूपमा बेडमा साथ दिनु पर्ने । भित्र पीडा लुकाएर हाँस्नु पर्ने बाहिरबाहिर । छोराहरूलाई उनीहरूकै उमेर अनुसार सोचेर संस्कार सिकाउनु पर्ने ।

ओ हो अलिकति कमाएको भरमा शासन गर्न खोज्ने मैले त केही गरेकै रैनछ । जानेकै केही रहेनछ । ढल्यो मेरो यो औचित्यहीन पुरूष अहम् ।
क्षमा मागें बूढी । धन्यवाद कोरोना । धन्यवाद लकडाउन ।

(लेखकः परराष्ट्र मन्त्रालयमा कार्यरत छन् ।)

वि.सं.२०७७ वैशाख १८ बिहीवार १९:४६ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...