मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बनाउन सकिनेछ ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । व्याहारिक समस्याले योजना रोकिन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान(सम्मान पनि प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन् । करकापमा गरिएको निर्णयले पनि अन्ततः फाइदै हुनेछ । प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ। खर्च लागे पनि प्रयत्न गर्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम रोकिन सक्छ । तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ । पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदै हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आर्थिक लेनदेनमा सजग रहनुहोला ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । घरेलु समस्या सुल्झाउन समय लागे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ। पेसा–व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ । सामाजिक जिम्मेवारी पनि बढ्नेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । उपचारमा खर्च हुने समय छ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा लिन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको मेसो नमिल्दा केही पछि परिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
वि.सं. २०७७ वैशाख १९ शुक्रवार इ.स. २०२० मे १
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०७:३१ मा प्रकाशित