back
CTIZAN AD

आफ्नो वासस्थान नछोड्न भन्दै नेपाली दूतावास कतारले गर्यो यस्तो अनुरोध

वि.सं.२०७७ वैशाख १८ बिहीवार

888 

shares

१८ बैशाख, कतार । नेपाली दूतावास कतारले नेपाली कामदारलाई बसिरहेको स्थान छोड्न भन्दै रोजगारदाताले दवाव दिने गरेको जानकारी विभिन्न माध्यमबाट आएको भन्दै यसतर्फ दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले कोरोनाबाट सिर्जित परिस्थितिमा कामदार र रोजगारदातार दुबैको दीर्घकालिन हितलाई लक्षित गरी कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले १५ अप्रिलमा जारी गरेको सम्झातौ नियमन सम्बन्धी प्राबधानहरुको अनौपचारिक अनुवाद १६ अप्रिलमा दूतावासको फेसबुकमा राखिसकेको बताउँदै रोजगारदाताले बसिरहेको स्थान छोड्न भनेको जानकारी आएकोले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘माथि उल्लेखित निर्देशनमा कामदार आफ्नो देशमा फर्किने प्रक्रिया पूरा नहुन्जेलसम्मका लागि खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने उल्लेख भएको हुँदा आफ्नो कानूनी हैसियत जे भएतापनि आफूलाई हालसम्म रोजगारदाताले उपलब्ध गराएको बासस्थानमा वा हाल बस्दै आउनुभएको बासस्थानमा सुरक्षितरुपमा बस्नुहुन र कुनैपनि हालतमा उक्त बासस्थान नछाड्नहुन सूचित गराइन्छ ।’ दूतावासले भनेको छ ।

हालको बासस्थान छोड्न दवाब आएमा वा सोसँग सम्बन्धित कुनै समस्या परेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार २०:२२ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...