back
CTIZAN AD

विश्वव्यापी चुनौतीहरुसँग जुध्न सक्ने संसारका यी १० विश्वविद्यालयहरु

वि.सं.२०७७ वैशाख १८ बिहीवार

888 

shares

१८ वैशाख । विश्वव्यापी चुनौतीहरुसँग जुध्न सक्ने भन्दै संसारका यी १० विश्वविद्यालयहरुको नाम सार्वजनिक गरीएको छ ।

टाइम्स हाइयर एडुकेशन सन् २०२० को दोस्रो वार्षिक इम्पेक्ट रेङ्किगको प्रतिवेदन अन्तरगत कस्ता संस्थाहरुले पृथ्वीको आर्थिक र सामाजिक सुधारमा भूमिका निर्वाह गरेका छन् भन्नेबारेको अध्ययनमा विश्वव्यापी ठूला चुनौतीहरुसँग जुध्न विश्वव्यापी समस्याहरुको सामना गर्ने आधारहरु जस्तै लैङ्गिक समानता, सबैलाई गुणस्तरीय शिक्षा, मौसम परिवर्तन, शान्तिपूर्ण समाजहरुको प्राप्ती, र आर्थिक बृद्धि आदिलाई लिएर गरीएको छनौटमा पहिलो नम्बरमा न्युजील्याण्डको अकल्याण्ड विश्वविद्यालय, दोस्रो/तेस्रो/चौथोमा क्रमशः अष्ट्रेलियाको सिड्नी, वेश्ट्रन सिड्नी, ला ट्रोव विश्वविद्यालयहरु परेका छन् । पाचौँमा यूएसको एरिजोना स्टेट विश्वविद्यालय (टेम्पे), छैटौँमा इटलीको बोलाग्ना विश्वविद्यालय, सातौँमा क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालय, आठौँ र नवौँमा क्रमशः यूकेको मेनचेश्टर विश्वविद्यालय र किङ्गस् कलेज लण्डन रहेका छन् भने दशौँमा अष्ट्रेलियाको आरएमआइटी विश्वविद्यालय रहेको पाइन्छ ।

टाइम्स हाइयर एडुकेशन इम्पेक्ट रेङ्किगस्मा संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरुमा आधारीत रही विश्वका उच्च शिक्षा संस्थाहरुले पृथ्वीको आर्थिक र सामाजिक उन्नतीमा केन्द्रित गरेका छन । संयुक्त राष्ट्रसंघका लक्ष्यहरुलाई पूरा गर्न विश्व समुदाय (विकसित र विकासशील राष्ट्रहरु) सम्पूर्णले आर्थिक विकास र सम्पन्नतासँगै विश्व समाजमा समानताको बृद्धि हुदै वातावरण संरक्षण गर्न सक्ने जनाएका छन ।
विश्वमा आइपर्ने ठूला चुनौतीहरुमध्येको एक कोरोना भाइरस (कोभिड —१९) बाट सृजित विषम परिस्थिती हो । जसबाट विश्वभरि नै मानविय स्वास्थ्यसँग सम्बन्धीत सम्पूर्ण महत्वपूर्ण पक्षहरुका साथसाथै वातावरणीय तथा आर्थिक सामाजिक पक्षहरुमा समेत प्रश्नचिन्ह खडा भइसकेको छ । जसमा विभिन्न विश्वविद्यालयहरुले गर्ने खोज तथा अनुसन्धानले उपलब्धीपूर्णमार्ग पहिल्याउन सघाउ पुग्ने बिश्वास गरीएको छ ।

‘हामी विश्वास गर्छौ कि विश्वविद्यालयहरु संसारका केही ठूल्ठूला चुनौतीहरुको सामना गर्न सक्ने हाम्रा आशाका केन्द्रहरु हुन्’टाइम्स हाइयर एडुकेशनका चिफ नलेज अफिसर, फिल बेटी भन्छन् । ‘यी श्रेणीकरणले प्रमाणित गर्दछ कि जब यो पनका दिगोपनका लागि महान कार्यहरु गरिन्छ तव सफलताका परम्परागत अवरोधहरु सम्पत्ती वा अनुसन्धान प्रतिष्ठा जस्ता कुराले खासै फरक पर्दैन । जसबाट यो स्पष्ट हुन्छ कि विश्वविद्यालयहरुले हामीलाई धेरै आशावादी बनाएका हुन्छन् ।’

विश्व समुदाय खोज र अनुसन्धानमा लागि महत्वपूर्ण उपलब्धी हासिल गर्दा र विश्वका उच्च शैक्षिक संस्थाहरु तथा विश्वविद्यालयहरु विश्वमा आइपर्ने विषम परिस्थिति र महामारीसँग जुध्ने सामाथ्र्य राख्दै गर्दा नेपालको विश्वविद्यालयहरुमा पनि अनुसन्धान, उपलब्धी तथा यसको व्यवहारीक पाटोमा प्रश्न चिन्ह नतेर्सिएला भनेर भन्न सकिदैन । यसको अलवा विश्वका उच्च शैक्षिक संस्थाहरुबाट महत्वपूर्ण पाठ सिकी आफ्नो सामाथ्र्य बढाउन तर्फ लाग्नु नै उत्तम विकल्प हुन सक्छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार २०:१८ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...