back
CTIZAN AD

यस्तो छ अघिल्लो दिनको विश्वको कोरोना अपडेट

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

768 

shares

१९ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, अमेरिकालाई थला पार्दैै अघि बढेको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

बिहिबारको तथ्यांक हेर्दा कोरोनाबाट ज्यान गुमाउनेमा बेलायत देखिन्छ । एकैदिन ४४१९ जनाको मृत्यु भएको छ । बुधबारपछिको आँकडाले बेलायत ज्यान गुमाउने तेस्रो देश बनेको छ ।

वैशाख १९ (सन् २०२० मे १) बिहान ८ .०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३३,०८,२३१ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २३४,१०५ पुगेको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका १,०४२,८१८ छ भने उपचाररत हालको बिरामीको संख्या २,०३१,३०८ रहेको छ । जसमध्ये १,९८०,३६४ को अवस्था मध्यम छ भने ५०,९४४ को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ ।
पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८२ प्रतिशत सन्चो हुने गरेका छन् भने १८ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १०,९५,२१० पुगेको छ भने ६६,८६१ को मृत्यु भएको छ । एकै दिन ३१०१६ नयाँ संक्रमित थपिएका छन् भने २२०५ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु दुवै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २०३,५९१ रहेको छ भने मृत्यु हुनेको संख्या २७,६८२ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६३,८६१) इटाली दोस्रो(२७,९६७), बेलायत तेस्रो (२६,७७१), स्पेन चौंथोे(२४,५४३), फ्रान्स पाचौँ (२४,३७६), बेल्जियम छैठौं(७,५९४), जर्मनी सातौं (६,६२३), इरान आठौँ (६,०२८), ब्राजिल नवौँ(६,००६), नेदरल्याण्ड दशैँ(४७९४) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा कुनै पनि संक्रमित थपिएका छैनन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएर फर्किएका छन् । बिहिबारसम्म १२,०११ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३४,८६३ जना संक्रमित रहेको र ११५४ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १८०१ जना नयाँ संक्रमित थपिएका छन् भने भने ७५ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०८:४३ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...