back
CTIZAN AD

एकै गाउँका ४० बढी बिरामी, चिकित्सकको टोली प्रभावित ठाउँमा

वि.सं.२०७७ वैशाख २० शनिवार

717 

shares

२० बैशाख, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् ।
साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चारजनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।

“साविक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ”, अध्यक्ष बाँस्तोलाले भने “हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको सङ्ख्या बढिरहेको पाइयो ।” एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्यासितरुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ । तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताए ।

“दैनिकरुपमा तीनदेखि चारजनामा जन्डिस देखापरेको छ”, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा अविषेक सुमनले भने, “हालसम्म बिरामीको सङ्ख्या बढेर ४० जनाभन्दा बढी पुगिसकेको छ ।” डा सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे तापनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ ।
मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड–१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा अविषेक सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनले बताए ।

कोरोना परीक्षण ः ११६ को रिपोर्ट नेगेटिभ

हिमाली जिल्ला सोलुखुम्बुमा हालसम्म ११६ जनाको कोरोना भाइरस सङ्क्रमण आरडिटी परीक्षण गरिएको छ । हालसम्म गरिएको आरडिटी परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो । जिल्लाको सोलु दूधकुण्ड नगरपालिकामा ४३, माप्य दूधकोशी गाउँपालिकामा १६ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेचासल्यान गाउँपालिकामा २०, थुलुङ दूधकोशी गाउँपालिकामा तीन, महाकुलुङ गाउँपालिकामा चारजना लिखुपिके गाउँपालिकामा चार र सोताङ गाउँपालिकामा आठजनाको परीक्षण गरिएको छ । रोजगार तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किएका नागरिक रहेका छन् । यस्तै वैदेशिक रोजगारीबाट जिल्ला आएका पाँचजनाको पिसिआर टेष्ट गरिएको निमित्त प्रमुख राजवंशीले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । थुलुङदूधकोशी गाउँपालिका तीनजना र सोलुदूधकुण्ड नगरपालिकाका–२ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा ३३ जना

जिल्लाको विभिन्न क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३३ पुगेको छ । बाहिरी जिल्ला र वैदेशिक रोजगारबाट आएका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले बाहिरी जिल्लाबाट आएकाको अवस्थाबारे कडा निगरानी बढाइएको उनको भनाइ छ । शुक्रबारमात्रै उदयपुरबाट सोताङ गाउँपालिका आएका सातजनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै लिखुपिके गाउँपालिकामा दुईजना र माप्य दूधकोशी गाउँपालिकामा २४ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाको आठ स्थानीय तहले केही दिनअघि मात्रै चार हजार ५०० भन्दा बढी नागरिकको उद्धार गरेर गाउँ ल्याएको छ । विभिन्न कामका लागि जिल्ला बाहिर रहेका नागरिकको उद्धार गरेको स्थानीय तहले शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरेको जनाएको छ । बाहिर जिल्लाका नागरिक गाउँ आएपछि यहाँका स्थानीयवासीमा त्रास पैदा भएकाले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिइएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । रासस

वि.सं.२०७७ वैशाख २० शनिवार १८:२६ मा प्रकाशित

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...