back
CTIZAN AD

कुवेतमा कोरोनाको कहरः संक्रमित नेपालीको संख्या ८४ पुग्यो

वि.सं.२०७७ वैशाख २२ सोमवार

750 

shares

२२ बैशाख, काठमाण्डौं । कुवेतमा कोरोना संक्रमण हुने नेपालीको संख्या ८४ पुगेको छ ।

नेपाली दूतावास कुवेतका अनुसार पछिल्लो पटक ९ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको नेपालीको संख्या ८४ पुगेको हो ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमणमा तिब्र वृद्धि हुँदै गएको भन्दै दूतावासले संक्रमण फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता र पूर्व सावधानीका उपायहरूलाई गंभिरता पूर्वक अनुशरण गर्न अनुरोध गरेको छ ।

त्यस्तै रोग लागेको आशंका हुनासाथ आफैले वा आफ्नो रोजगारदाता व्यवस्थापनसँग अबिलम्व सम्पर्क राखी चेकजाँच गरेर उपचारका लागि चिकित्सकको सल्लाह र सुझाव बमोजिम गर्न तथा गराउन पनि दूतावासले अनुरोध गरेको छ ।

‘यहाँ रहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तथा अन्य संघसंस्थाले पनि दुखः कष्टमा परेका नेपालीहरूलाई सकेसम्म सहयोग पुर्याउँदै आएको सन्दर्भमा ती कार्यहरूको सराहना गर्दै यसको प्रभावकारिता र पहुँच विस्तारको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यमा दूतावास निरन्तर क्रियाशील रहनेछ ।’ दूतावासले भनेको छ ।

दूतावासले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएतापनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको हुँदा यो रोगबाट भयभित नभई, दृढ साहस र उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन एवं निराधार हल्लाको पछि नलाग्न समेत सचेत गराएको छ ।

कुवेतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा निको हुनेको संख्या १ हजार ७७६ पुगेको छ ।
त्यस्तै मृत्यु हुनेको संख्या ३८ रहेको छ ।  फोटो ऐजेन्सी

  • टेलिफोन नम्बरहरूः २५३२१६०३, २५३२१६०४, २५३२१६०५
  • हटलाइन नम्बरः ९८८६९१२१
  • इमेलः eonkuwait@mofa.gov.np

वि.सं.२०७७ वैशाख २२ सोमवार ०८:२५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...