back
CTIZAN AD

४३ योजनालाई काम गर्ने अनुमति

वि.सं.२०७७ वैशाख २२ सोमवार

690 

shares

२२ वैशाख,भीमदत्तनगर । कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही दिनयता साना, मझौला र ठूला आयोजनाको काम गर्न दिइने अनुमति दिएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यहाँको महाकाली पुल योजना, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्धलगायतका योजनालाई काम गर्न अनुमति दिइएको जानकारी दिए । “निर्माणस्थलमा सामाजिक दूरी, मजदुरको सुरक्षा सतर्कतालगायत विषयमा समेत अनुगमन गरिनेछ”, उनले भने, “केही समयअघि क्वारेन्टाइनबाट ल्याएर २९ जना भारतीय मजदुरलाई पनि महाकाली पुलको काममा लगाइएको छ ।”

यता निर्माण व्यवसायीले भने काम गर्ने अनुमति दिए पनि निर्माण सामग्री अभाव रहेको बताएका छन् । “बजार नहुँदा कामले गति लिन सक्ने अवस्था छैन”, कञ्चनपुर निर्माण व्यवसायी सङ्घका सचिव योगेन्द्र ठकुराठीले भने, “गिट्टी र बालुवाले मात्रै काम हुने कुरो भएन ।” निर्माण सामग्री बजारमा नहुनुुका साथै भारतीय बजारबाट विगतमा आउने गरेको उनको भनाइ छ । “सरकारले खोले पनि बजारलाई खुकुलो बनाउने विषयमा पनि पहल गर्नुपर्छ”, उनले भने, “अहिले ठेकेदारहरु आफूसित स्टक भएको सामान प्रयोग गरेर काम गर्दैछन् ।”

सरकारले लकडाउनका बेला ठूला योजना निर्माणका लागि भौतिक दूरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदुरको दैनिक नियमित ज्वरो मापन गर्नुपर्ने, सुरक्षा सावधानी अपनाउनुपर्ने र निर्माणस्थलमा एम्बुलेन्स सेवासमेत व्यवस्था गर्नुपर्नेलगायतको मापदण्ड जारी गरेको छ ।(रासस)

वि.सं.२०७७ वैशाख २२ सोमवार १८:५३ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...