back
CTIZAN AD

संघीय संसदको महासचिवमा डा गौतम नियुक्त

वि.सं.२०७७ वैशाख २२ सोमवार

618 

shares

२२ वैशाख, काठमाडौँ ।  संघीय संसद सचिवालयको महासचिवमा प्रतिनिधिसभाका सचिव डा. भरतराज गौतम नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा डा. गौतमलाई प्रतिनिधिसभाको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लामाचौर ५ कास्की जिल्ला निवासी डा गौतमलाई नेपालको संविधानको धारा १०६ उपधारा(१) बमोजिम राष्ट्रपति भण्डारीले महासचिवमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि कार्यवाहकको रूपमा गोपालनाथ योगीले काम गरिरहेका थिए ।

संसद सचिवालयमा ४ जना सचिवहरु रहेका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा गोपालनाथ योगी र भरतराज गौतम तथा राष्ट्रियसभामा राजेन्द्र फुयाँल र ध्रुवप्रसाद घिमिरे छन्।

वि.सं.२०७७ वैशाख २२ सोमवार १९:११ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...