back
CTIZAN AD

युवा समाजसेबी कंडेलद्धारा बिद्यालयलाई एकलाख बढी सहयोग

वि.सं.२०७३ पुस ७ बिहीवार

969 

shares

gopal-kadel

युएइमा कार्यरत युवा समाजसेबी, बागलुङ सेवा समाज युएइका सस्थापक अध्क्ष्य अन्य बिभिन्न सामाजिक सस्थाका जिम्मेबारी पदमा रहेर सफल कार्य सम्पादन गर्दै आएका गोपाल कंडेलले बाग्लुङ जिल्लाको बिहुन्कोट गाबिसमा स्थापित अमर क्याम्पसको सहयोगको लागि एक लाख भन्दा बढी रकम सहयोग गरेका छन ।
आफुले अध्ययन गरेको बिद्यालयमा क्याम्पस बन्नु सुखद रहेको तथा आजको यो युगमा शिक्षा बिना गाउ , शहर एबम देसको बिकास सम्भव छैन सोँच बोकेका कंडेल बचपन देखी नै त्यस बिद्यालयका एक लगनसिल,मेहनती छात्र थिए ।
सानैदेखि सामाजिक क्षेत्रमा रुची राख्ने कंडेलले प्रबासको व्यस्त समयको बाबजुद पनि सामाजिक सेवामा त्यतिक्कै तल्लिन रहेका छन् । हरेक कार्यमा अग्रसर हुने उनले बाग्लुङ सेवा समाजको युएइमा बिस्तार गर्न महत्वपूर्ण भूमिका निवाह गरेका छन ।
गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी युएइको संरक्षक तथा आइसीसी सदस्य रहेका कंडेलले बोलेर होइन काम गरेर देखाउने खुबी हुनुपर्छ भन्छन् । उनी भन्छन्, “पैसा आर्जन गरेर थन्काएर राख्ने बस्तु होइन, सामाजिक सेवामा मन लगाउनु पर्छ । ”
नेपालमा पर्यटन ब्यबसायमा समेत संलग्न रहेका कँडेलले युएइको ब्यापारिक शहर दुबइको जेबेल अली फ्रीजोन भन्ने ठाउँमा रहेको एक कम्पनीमा म्यानेजरमा कार्यरत रहेका छन । आफुले आर्जन गरेको २५ प्रतिशत रकम समाजको हरेक क्षेत्रको बिकास, दिनदुखीको सेवा एबम संस्कृतिक संरक्षणको लागि खर्च गर्ने गरेका कंडेल युएइका नेपालीबीच सामाजिक बौद्धिक क्षेत्र एबम स्पष्ट बक्ताका रुपमा आफ्नो छबी बनाएका छन ।

वि.सं.२०७३ पुस ७ बिहीवार १२:०९ मा प्रकाशित