back
CTIZAN AD

जापानबासी नेपालीलाई  ओली र परियारले नचाउने बाबुरामले हसाँउने

वि.सं.२०७३ पुस ७ बिहीवार

1.3K 

shares

dhamaka

एनआरएन कान्साइले जनवरी १ तारिक गर्न लागेको सांस्कृतिक कार्यक्रममा कोमल ओली,ज्योति काफ्ले (नक्कली बाबुराम),राजु परियार, जय कुमार परियार साथमा स्थानीय कलाकारहरुले कान्साइ बासीलाई मनोरन्जन दिने भएका छन ।

 बागलुंग स्थित धौलागिरि अंचलकै एक मात्र अञ्चल अस्पातलको लागि छिटो छरितो र बैज्ञानिक प्रबिधिबाट बिरामी जाच गर्नको लागि पूर्णतया अटोमेटेड अनलाइज़र मेसिन र स्वास्थ्य सामग्रीको सहयोगार्थ साथमा भुकम्प प्रभावित क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले जनवरी १ तारिक गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारी लगभग सकिएको कार्यक्रम संयोजक नरेन्द्र बस्नेत् (दिनेश)ले जानकारी दिनु भयो ।

कार्यक्रमका लागि सहयोगी दाताहरु समेत उत्साहित भएको र सहयोग संकलन अभियान समेत तिब्र रुपले अगाडि बढाइएको आर्थिक समितिका सदस्य प्रेम प्रसाद कंडेलले हामीलाई जानकारी दिनु भयो ।

एनआरएन कान्साइले अंग्रेजी नया बर्ष २०१७ जनवरी १ तारिकको दिन नेपालबाट चर्चित कलाकार हरु कोमल ओली,ज्योति काफ्ले (नक्कली बाबुराम),राजु परियार, जय कुमार परियार साथमा स्थानीय कलाकारहरु सहितको सांगीतिक धमाका २०१७ ओसाका(उमेदा)मा स्थित हिल्टन होटेलमा दिनको १६:०० बजे बाट सुरु गर्ने गरी आयोजना गरिएको एनआरएन कान्साइ संयोजक टिकाराम कंडेलले बताउनुभयो ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वधार निर्माणमा सहयोग गर्ने प्रमुख उद्देस्यले आयोजना गरिने कार्यक्रमलाई भव्य र सव्य बनाउनको लागि र सम्पूर्ण कान्साईबासि नेपालीहरुलाई अपनत्त्वोको बोध गराउदै सक्दो सबैको सहभागिता होस् भन्ने अभिप्रायले बिभिन्न कार्यसमिति हरु तय गरि कार्यविभाजन गर्दै काम तिब्र पारीएको छ ।

 साथमा अघिल्ला दिनहरुमा जस्तै यस कार्यक्रमलाई सम्पूर्ण रुपमा सफल गराउन प्रायोजक,सहयोगी दाता मीडिया कर्मी र सम्पूर्ण नेपाली हरुको बिशेष सहयोग आबस्यक पर्ने भएकोले यहाहरुको अमुल्य सहयोग र सल्लाहको लागि एनआरएन कान्साईले अनुरोध गरेको छ । स्मरण रहोस एनआरएन कान्साईले कान्साबासि सम्पूर्ण नेपालीहरु लगायत अन्य सहयोगि हरुको बिशेष कदर गर्दै स्थानीय स्तरमा बिभिन्न चेतनामूलक र जानकारी मूलक कार्यक्रमहरु गर्नुको साथै गोर्खा,उदयपुर र सिन्धुपाल्चोक मा बिद्यालय निर्माण गरिसकेको छ भने अन्य धेरै परोपकारी कार्यहरु पनि गरि सकेको छ|

नेपाली लोक संगीत क्षेत्रकी चर्चित ब्यक्तित्व कोमल ओली त्यसै गरी लोक दोहोरीका धरोहर मानिने राजू परियार,चर्चाको शिखर चुम्दै गरेका हास्य कलाकार ज्योति काफ्ले(नक्कली बाबूराम)र गायक तथा संगीतकार जय परियारको साथमा स्थानीय कलाकार हरुको प्रस्तुति सहित सम्पन्न हुन लागिरहेको म्यूजिकल धमाका हेर्न आउने प्रत्येक लाइ ५०० येन देखि १०,००० येन सम्मको हात खाली नजाने गरी पुरस्कारको ब्यबस्था गर्नुको साथै au मोबाइल संगको सहकार्यमा नया बर्षको दिन कार्यक्रमस्थलबाट आफ्नो देशमा फोन गरी सुभकामना आदान प्रदान गर्न चाहनु हुने नेपालीहरुको लागि निशूल्क सुभकामना फोनको पनि ब्यबस्था गरिएको जानकारी प्राप्त भएको छ|

एक ब्यक्ति एक उपहारको ब्यबस्था गरिएको यो सामाजिक कार्य्रकममा उपस्थित भएर मनोरंजनको साथमा उपहार समेत लिएर जानुहोस|

वि.सं.२०७३ पुस ७ बिहीवार ११:५६ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....