back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार बढीे, मृतकको संख्या झण्डै १४ सय पुग्यो

वि.सं.२०७७ वैशाख २२ सोमवार

651 

shares

२२ बैशाख, नयाँदिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड-१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार ७८२ रहेको छ ।

कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या २९ हजार ४९३ रहेको छ ।

महाराष्ट्रमा सबैभन्दा धेरै १२ हजार ९७४ जना सङ्क्रमित रहेका छन् । त्यस्तै गुजरातमा पाँच हजार ४२८, दिल्लीमा चार हजार ५४९, तामिलनाडुमा तीन हजार २३, मध्यप्रदेशमा दुई हजार ९४२, राजस्थानमा दुई हजार ८८६, उत्तर प्रदेशमा दुई हजार ७४२, आन्ध्रप्रदेशमा एक हजार ६५०, पञ्जावमा एक हजार १०२ र तेलङ्गनामा एक हजार ८२ व्यक्ति सङ्क्रमित रहेका छन् ।

पश्चिम बङ्गालमा ९६३, जम्मु–काश्मिरमा ७०१, कर्नाटकमा ६४२, बिहारमा ५१७, केरलामा ५००, हरियाणामा ४४२, उडिसामा १६३, झारखण्डमा ११५, चण्डिगढमा ९४ र उत्तराखण्डमा ६० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी छत्तिसगढमा ५७ असाममा ४३ लद्दाखमा ४१, हिमाञ्चललगायतका अन्य राज्यमा सङ्क्रमितको सङ्ख्या ४० भन्दा कम रहेको छ । पर्यटकीय मुलुक गोवामा सात सङ्क्रमित भएकामा सबै जना निको भई घर फर्किएका छन् । अन्य राज्यहरूमा भने सङ्क्रमितको सङ्ख्या न्युन रहेको छ ।

कोभिड-१९ सङ्क्रमित मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५४८ रहेका छन् । गुजरातमा २९०, मध्यप्रदेशमा १६५, राजस्थानमा ७१, दिल्लीमा ६४ र उत्तर प्रदेशमा ४५ व्यक्तिको मृत्यु भएको छ । आन्ध्रा प्रदेशमा ३६, पश्चिम बङ्गालमा ३५ र तामिलनाडुमा ३० जनाको मृत्यु भएको छ । अन्य प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३० भन्दा कम रहेको छ ।

विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण सोमबारसम्मममा सङ्क्रमितको सङ्ख्या ३५ लाख ९२ हजार ६६१ रहेको छ भने दुई लाख ४९ हजार ८३ सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११ लाख ६५ हजार ९६६ रहेको छ । एएनआई

वि.सं.२०७७ वैशाख २२ सोमवार २१:०७ मा प्रकाशित

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...