२२ वैशाख, काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क पनि नलिन आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आजको मन्त्री स्तरीय निर्णयले सरकारले गरेको निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको हो ।
बैठकले माध्यमिक शिक्षा परीक्षा(एसईई) र कक्षा ११ तथा १२ का स्थगित गरिएका परीक्षाहरु पुनः सञ्चालना बारेमा हाल कुनै नयाँ निर्णय हुन नसकेको पनि सूचनामा जारी गरिएको छ ।
सूचनामा हाल स्थगित ती परीक्षाहरु सञ्चालन गर्ने विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भइरहेको जनाइएको छ ।
साथै संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य शुल्क छुट दिने निर्णय भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
वि.सं.२०७७ वैशाख २२ सोमवार २१:१२ मा प्रकाशित






























