back
CTIZAN AD

लकडाउनले व्यवसाय बन्द गर्नु परेपछि सुन्तला खेतीमा जुटे पाल्पाका युवा

वि.सं.२०७७ वैशाख २३ मंगलवार

639 

shares

२३ बैशाख, पाल्पा । लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातका फलफूल खेतीमा जुट्न थालेका छन् । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि बढेपछि यहाँका युवा सुन्तला, कागती र जुनार खेतीमा जुटेका हुन् ।

जिल्ला सदरमुकाम तानसेन आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका युवा अहिले ग्रामीण क्षेत्रमा फर्केर सुन्तला, कागती, जुनारलगायत फलफूल खेती गर्न व्यस्त देखिएका छन् । रैनादेवी छहरा गाउँपालिका– ४, छहराका कमल घिमिरे असारसाउनमा रोपिने सुन्तला अहिले नै रोपिएको बताउनुहुन्छ । उहाँका अनुसार लकडाउन अवधिमा ६ सय सुन्तलाका बिरुवा रोपिएको छ । यस वर्ष वैशाखमा राम्रो वर्षा हुनाले पनि समय अगावै बिरुवा रोप्न अनुकूल भएको उनी बताउँछन् । वर्षा हुँदा किसानलाई खेती गर्न सहज भएको हो ।

रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोलाका समर सुनार सुनचाँदी व्यवसायी हुन् । लकडाउनका कारण उनको सुनचाँदीको कारोवार बन्द छ । यस अवधिमा उनले सुन्तलाका बिरुवा रोप्न ५० भन्दा बढी खाल्डा खनेका छन् । उनी सुन्तलाको बिरुवा रोपेर आगामी वर्ष उत्पादन बढाउने योजनामा छन् । चैतवैशाख सुन्तला खेतीका लागि खाल्डा खन्ने र खाल्डामा मलको व्यवस्थापन गर्ने समय हो ।

रैनादेवी– ५, मुझुङका नारायणबहादुर दर्नाल जिल्ला सदरमुकाम तानसेनमा सिलाइ व्यवसाय गर्छन् । लकडाउनको समय बढ्दै गएपछि उनले पनि अहिले नै ५० सुन्तलाका बिरुवा रोप्नका लागि खाल्डो खनेका छन् । उनी यस वर्ष लकडाउनका कारण सिलाइ व्यवसायबाट राम्रो आम्दानी हुन नहुने भएपछि आगामी वर्ष सुन्तला खेतीबाट प्रशस्त आम्दानी गर्न सकिनेमा ढुक्क छन् ।

जिल्लाका सुन्तला मुख्य क्षेत्रका रुपमा परिचित रिब्दीकोट, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका किसानले एक सयदेखि हजारसम्मका सुन्तला रोपणका खाल्डा खनेर लकडाउनलाई अवसरका रुपमा बदलेका छन् । आगामी चारपाँच वर्षमा सुन्तला तथा कागती उत्पादन बढ्ने देखिएको किसानको जिकिर छ । रासस

वि.सं.२०७७ वैशाख २३ मंगलवार १४:३९ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...