back

लकडाउनले व्यवसाय बन्द गर्नु परेपछि सुन्तला खेतीमा जुटे पाल्पाका युवा

वि.सं.२०७७ वैशाख २३ मंगलवार

138 

shares
RBB AD
NTC AD

२३ बैशाख, पाल्पा । लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातका फलफूल खेतीमा जुट्न थालेका छन् । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि बढेपछि यहाँका युवा सुन्तला, कागती र जुनार खेतीमा जुटेका हुन् ।

जिल्ला सदरमुकाम तानसेन आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका युवा अहिले ग्रामीण क्षेत्रमा फर्केर सुन्तला, कागती, जुनारलगायत फलफूल खेती गर्न व्यस्त देखिएका छन् । रैनादेवी छहरा गाउँपालिका– ४, छहराका कमल घिमिरे असारसाउनमा रोपिने सुन्तला अहिले नै रोपिएको बताउनुहुन्छ । उहाँका अनुसार लकडाउन अवधिमा ६ सय सुन्तलाका बिरुवा रोपिएको छ । यस वर्ष वैशाखमा राम्रो वर्षा हुनाले पनि समय अगावै बिरुवा रोप्न अनुकूल भएको उनी बताउँछन् । वर्षा हुँदा किसानलाई खेती गर्न सहज भएको हो ।

रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोलाका समर सुनार सुनचाँदी व्यवसायी हुन् । लकडाउनका कारण उनको सुनचाँदीको कारोवार बन्द छ । यस अवधिमा उनले सुन्तलाका बिरुवा रोप्न ५० भन्दा बढी खाल्डा खनेका छन् । उनी सुन्तलाको बिरुवा रोपेर आगामी वर्ष उत्पादन बढाउने योजनामा छन् । चैतवैशाख सुन्तला खेतीका लागि खाल्डा खन्ने र खाल्डामा मलको व्यवस्थापन गर्ने समय हो ।

रैनादेवी– ५, मुझुङका नारायणबहादुर दर्नाल जिल्ला सदरमुकाम तानसेनमा सिलाइ व्यवसाय गर्छन् । लकडाउनको समय बढ्दै गएपछि उनले पनि अहिले नै ५० सुन्तलाका बिरुवा रोप्नका लागि खाल्डो खनेका छन् । उनी यस वर्ष लकडाउनका कारण सिलाइ व्यवसायबाट राम्रो आम्दानी हुन नहुने भएपछि आगामी वर्ष सुन्तला खेतीबाट प्रशस्त आम्दानी गर्न सकिनेमा ढुक्क छन् ।

जिल्लाका सुन्तला मुख्य क्षेत्रका रुपमा परिचित रिब्दीकोट, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका किसानले एक सयदेखि हजारसम्मका सुन्तला रोपणका खाल्डा खनेर लकडाउनलाई अवसरका रुपमा बदलेका छन् । आगामी चारपाँच वर्षमा सुन्तला तथा कागती उत्पादन बढ्ने देखिएको किसानको जिकिर छ । रासस

वि.सं.२०७७ वैशाख २३ मंगलवार १४:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर (नवलपरासी) । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती,...

हाडबास आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

हाडबास आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

रञ्जिता अधिकारी, देउखुरी (दाङ) । २०८१ वैशाख १६ गते बिहान...