back
CTIZAN AD

एक ब्यक्ति एक पदमा प्रधानमन्त्री ओली पनि सहमत हुँदै

वि.सं.२०७७ वैशाख २४ बुधवार

855 

shares

२४ वैशाख, काठमाडौँ । भोलि बैशाख २५ गते हुने स्थायी समिति बैठकको तयारीको लागी आज बस्ने सचिवालयको बैठकले सबैको रुपान्तरणमा ध्यान दिने गरी कार्ययोजना ल्याउन लागेको नेकपा उच्च स्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बस्ने सचिवालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने समेत बताइएको छ ।
२० बैशाखमा बसेको सचिवालयले पार्टीलाई एक ढिक्का बनाएर लैजाने निर्णय गरे पनि स्थायी समितिमा कुन कुन विषयलाई छलफलका एजेण्डा बनाउने भन्नेमा शीर्ष नेताहरुबीच २३ गते सांझसम्म एकमत हुन सकेको थिएन । यद्धपि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेण्डा बनाउने जिम्मेवारी पाएका थिए । पाटीको एकता बलियो पार्ने र सबैलाई न्याय हुने गरी अध्यक्ष महासचिवको प्रस्ताव आउने अनुमान गरीएको छ ।

यसबिच भैसेपाटी गठबन्धन भत्किए पनि प्रचण्ड, झलनाथ, माधव र नारायणकाजिको भेटघाटले पनि रुपान्तरणकै कार्ययोजनाबाट पार्टी बलियो हुने ठहर गर्दै निकटका स्थायी समिति सदस्यहरुलाई भाव संप्रेषण गरेको बताइएको छ ।

उपाध्यक्ष बामदेव गौतमको साथ पाएपछि सचिवालयको बहुमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भोली वैशाख २५ मा बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्ने अनुमान गरीएको छ । प्रचण्ड माधव निकट स्थायी कमिटीका करिब दुई तिहाई सदस्यहरुले एक ब्यक्ति एक पद अबिलम्ब कार्यान्वयनको माग गर्ने तयारी गरेका छन । ओली निकट सुत्रका अनुसार प्रधानमन्त्री ओलि पनि एक ब्यक्ति एक पदमा लगभग सहमत मै पुगेका छन् ।

वि.सं.२०७७ वैशाख २४ बुधवार ११:३३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...