back
CTIZAN AD

देश तथा विदेशमा रहेका दलित समुदायद्धारा सांसद थापामाथि कारबाहीको माग

वि.सं.२०७७ वैशाख २८ आइतवार

912 

shares

प्रेम परियार, २८ बैशाख, ओस्लो नर्वे  । गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई जातीय विभेदको घटनामा विज्ञप्ति जारी गरेको बिषयमा कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ ।

झन्डै ८० दलित नेता कार्यकर्ताको सहमतिसहित ५० जनाले हस्ताक्षर गरेर उजुरी बुझाएको दलित समुदायले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ब्यापक बिरोध गर्दै कारबाहीको माग गरेका छन् ।

घटना पोखरा–१६ बाटुलेचौरमा सार्वजनिक किरियापुत्री भवन स्थानीय क्षत्री समुदायले दलितलाई प्रयोग गर्न नदिएको विषयमा मोहन सुनारले प्रहरीमा दर्ता गरेको उजुरीको आधारमा सासद थापालाई हिरासतमा राखिएको छ ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ अनुसार जातीय विभेदमा संलग्न हुने र प्रश्रय दिने नेता कार्यकर्तालाई अवस्था हेरेर आत्मालोचनादेखि पार्टी सदस्यबाट निस्कासन गर्नेसम्मको व्यवस्था अनुरुम हदै सम्म कारबाही र सजायको माग गरेको कुरा पीडितको निवेदनमा उल्लेख गरिएको बुझिएको छ । सांसद थापा र निजका मतियार उपर कारबाहीको माग गर्दै कास्की जिल्ला अदालतबाट कारकाही गर्न म्याद थप समेत गरिएको छ ।

दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले उनको विज्ञप्तिको घोर बिरोध र भर्त्सना गर्दै पार्टी विधानबमोजिम सांसद थापालाई कारबाही गर्न माग गर्दै नेकपाको कार्यालयमा र प्रदेश समिति हस्तक्षर सहितको उजुरी बुझाएका छन् क्ष् ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ र प्रचलित कानुन बमोजिम पिडित स्थानीय मोहन सुनारले दिएको उजुरीको आधारमा रामबहादुर जीसी र जनक थापा पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

२१ औं शताव्दीको वैज्ञानिक युगमा मानव बीच नेपालको प्रचलित संबिधानलाई खिल्ली उडाउने समाजमा बिधमान छुवाछुत कुरुति कु-संस्कारको विरुद्ध एकजुट हुन राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा स्थापना भएका उत्पीडित र दलित संघ संस्था एकजुट भई भण्डाफोर र बिरोधको पक्षमा ऐक्बद्वता जनाउन संघ संस्था समक्ष अपिल गरेको छ ।

जातिय विभेद गर्ने व्यक्तिहरुको बचाऊ गर्दै प्रदेश संसद तथा नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापाले प्रेस विज्ञप्ती जारी गरेको यो घटना घटेपश्चात देखिएको परिघटनाले पीडितलाई विभिन्न दबाबमा राखेर घटना साम्य पार्ने उद्देश्य देखिनु दण्डहिनताको पराकाष्ठा मानिएको छ ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १०:४१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...