back
CTIZAN AD

बन्दाबन्दिमा पनि दैनिक एक हजार कमाउँछन मजदुर, राहातका नाममा नागरिक अल्छि बनाउँदै राज्य

वि.सं.२०७७ वैशाख २८ आइतवार

888 

shares

२८, वैशाख, काठमाडौं । अहिले काठमाडौ लगायतका कतिपय ठाउँहरुमा बिभिन्न आयोजनाको काम भैरहेको छ । काम भैरहेका ठाउँहरुमा कम्तिमा दिनको १ हजार कामाई गरिरहेको मजदुरहरुले बताएका छन ।

विश्वव्यापि माहामारीको रुपम फैलिरहेको कोरोना भाईरसका कारण जारी रहेको बन्दाबन्दिका कारण हजारौले रोजगारी गुमाएका छन । रोजगारी गुमाएकाहरुलाई खाद्यान्न लगायतका सामग्रीहरुको बितरण गरेर राज्यले नागरिकहरुलाई अल्छि बनाउन लागेको भन्दै सरोकार वालाहरुले चिन्ता जाहेर गरेका छन ।

यो बन्दाबन्दी कै बिचमा पनि राष्ट्रिय गौरवका आयोजनाको काम सुचारु रह्यो भने काठमाडौ उपत्यकामा पनि सडकको काम रोकिएन । गत चैत्र ११ गतेबाट सुरु भएको बन्दाबन्दीमा पनि उपत्यकका अधिकांस ठाउँहरुमा सडक मर्मत तथा रङरोगनको काम जारी छ । संघिय सडक अनुगमन कार्यालयका प्रमुख राजेन्द्रराज शर्माका अनुसार बन्दाबन्दी भन्दा अगाडी नै ठेक्का लागेका पुतली सडक, चाबहिल–चुच्चेपाटी सडक खण्डको काम धमाधम भैरहेको छ । यो अबधिमा मात्रै झण्डै ३० करोड रकम बराबरको काम पुतलीसडक तथा चाबहिल–चुच्चेपाटी सडकमा मात्र भैेरहेको छ । यसमा पनि धेरैले रोजगारी पाएका छन । काम भईरहेका ठाउँमा रोजगारी पाउने पनि नेपालीहरु नै छन । रोजगारी पाएकाहरुले राहातको आबस्यकता नभएको बताएका छन ।

वैशाख २४ गतेको मन्त्रीपरिषद वैठकले बन्दाबन्दी १० दिनलाई बढाउने निर्णय गरे पनि अत्याबस्यकीय सेवा तथा सामाग्री उत्पादन गर्ने उद्योगलाई स्वस्थ्य सम्बन्धिमापदण्ड पुरा गरेर सन्चालन गर्न दिने निर्णय गरेपछि थप रोजगारी को अबसर सृजनाहुने जानकारहरुको भनाई छ ।

उत नेपाल बिद्युत प्राधिकरणमा भने मजदुरको अभाब भएको छ । अहिले प्राधिकरणले काठमाडौं उपत्यकामा तार भुमिगत गर्ने काम गरिरहेको छ तर मजदुर अभाबले गर्दा सोचे जस्तो काम अगाडी बढाउन गाह्रो भैरहेको प्राधिकरण माहाराजगञ्ज आयोजनाका प्रमुख अभिषेक अधिकारीले बताए । अहिले प्रधिकरणले काठमाडौ उपत्यकका बिभिन्न ठाउँमा बिद्युत लाईन भुमिगत गर्ने काम गरिरहेको छ ।

 

वि.सं.२०७७ वैशाख २८ आइतवार १२:०६ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...