प्रकृति पृथ्वी हुन
पृथ्वी प्रकृति हुन
पृथ्वी कोषहरू हो
कोषहरू नै ब्रम्हाण्ड हो
ब्रम्हाण्डहरू नै प्रकृति हो !
र, अंशमा
सुक्ष्म कोषः कोभिड-१९
प्रकृति हो
जो अस्तित्वमा अमर छ ।
निरन्तर बदलिनुमा,
फेरिनुमा कोषहरू
सयौं पृथ्वीहरू, ग्यालक्सीहरू
समस्टिमा ब्रम्हाण्ड
बाँचिरहेको स्वभाव
प्रकृति हो !
ब्रम्हाण्डहरू अर्थात प्रकृति
फेरबदलको महाक्रममा
कोषहरू एकअर्कालाई
निल्दै पचाउँदै
फेरिनुमा सुरक्षित छिन ।
यसरी, शुक्ष्म कोष वा जीवहरूको
नयाँ अस्तित्व निर्माण हुनु
स्वाभाविक छ ।
सुक्ष्म कोषः कोभिड–१९
स्वभाविक गति हो ।
प्रकृतिमा आफैं सङ्ग्लने
महाक्रम चलिरहन्छ,
र चलिरहेछ ।
यहि महाक्रममास यतिबेला
मानिसहरूको चुरीफुरी
धुलो भएको छ ।
प्रकृति माथिको बेथिति
आफ्नै अस्तित्व
खतराको तरवार भएको छ ।
बन्द कोठामा समेटिएर
एक्लाएक्लै मानिस
अस्तित्वको याचना गर्न
बाध्य भएको छ ।
गजब भएको छः
प्रकृति भत्काउनेहरू
ह्वाइटहाउस देखि बगिङ्गमसम्म
दिल्ली, मस्को र बेइजिङ्गसम्मका
सबै मुखियाहरू अहिले इस्वरसंग
अर्थात प्रकृतिसँग जीवन मागिरहेछन ।
अस्तित्वको गहन अध्यताहरू,
गुरूहरू !
जंगलबाट सूचना
पठाइरहेछन
“प्रकृति नचर !
सहअस्तित्व नभत्काउ !”
ती मुखियाहरू सुन्दैननः
अध्यताहरूलाई !
प्रकृति संरक्षण नै
अस्तित्वको रक्षा हो ।
उनीहरू बुज्दैनन
अनि, अनि त
शुक्ष्म कोषः कोभिड–१९
प्रकृति संरक्षणका खातिर
उपस्थित छ !
मानिसहरू ! र मुखियाहरू !!
सहवासमा अस्तित्व खोज
“म” होइन “हामी” देख !
प्रत्येक शुक्ष्म कोषमा
आफू, पृथ्वी, ब्रम्हाण्डहरू
अर्थात प्रकृति देख !
र माया गर आफूलाई झैं
तब मात्रः अस्तित्व सम्भव छ !
अन्यथा शुक्ष्म कोषः कोभिड–१९का
अनेक बिकसित सन्तान
प्रकृति संरक्षणमा आइरहन्छन
तिम्रा अस्त्रसस्त्र बेकाम
प्रकृतिको गर्तमा कुहुनेछन ।
र, अर्कै स्वरूपमा नयाँले
मानव अस्तित्वको ठाउँ लिनेछ !
यो खतरनाक आफ्नै चिहान
नखन्न प्रकृति भित्र
आफूलाई देख !
प्रकृति संरक्षण भित्र
सबै शुक्ष्म कोषहरू
अर्थात, जीवतत्व र अस्तित्वको
भूमिका देख !
सम्मान गर !
शुक्ष्म कोषः कोभिड-१९
सिमाबद्ध छ !
किन कि उ प्रकृति हो !
वि.सं.२०७७ वैशाख २८ आइतवार ११:४३ मा प्रकाशित






























