back
CTIZAN AD

‘सबै राष्ट्रवादीहरु एकजुट बनेर भारतलाई खबरदारी गरौं’

वि.सं.२०७७ वैशाख २८ आइतवार

789 

shares

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा हामी नेपालीहरु स्तब्ध भएका छौं । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको छ ।

नेपालको छातीमा भारतीय गाडीहरू गुड्न सुरु भएको छ र सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु हेरेर बस्न बाध्य भएका छौं । यस्ता कार्य निन्दनीय छन् । हामी यि अशोभनीय कार्यको घोर भत्सर्ना गर्न चाहन्छौं । र सुगौली सन्धिपछि महाकालीको स्रोत सम्बन्धमा नयाँ सन्धि भएको भए सार्वजनिक गर भारत सरकार ।

कालापानी लगायत महाकाली पूर्वका क्षेत्र भारतीय सुरक्षाकर्मीलाई बस्न दिने को हुन ? आधार सहित आधिकारिक जानकारी देऊ सरकार र सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै अन्तर्रा्ष्ट्रिय सीमा नदी भएको र त्यसपछि कुनै सम्झौता भएको छैन । यदि भएको भए प्रमाणित गर भारत सरकार ।

हामीले भारतीयहरुलाई सदैब सम्मान गर्यौँ तर नेपालको सिमानाभूमीमा पटक पटक किन अतिक्रमण किन गर्दछौ भारत सरकार ? यस्तो कार्य शोभनीय छैन । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको छ र नेपाली भूमिमाथि नांगो हस्तक्षेप गरेर भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने ८० किलोमिटर सडक निर्माण गरिसक्दा समेत नेपाल सरकारले थाहा नपाएको र अहिले उदघाटन भइसकेपछि मात्र नेपाल सरकारलाई थाहा हुँदा हाम्रो सरकार कति निरिह छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । अहिले संपूर्ण राष्ट्रवादीहरुले एकपटक फेरि भारतलाई खबरदारी गर्नु परेको छ ।

कोरोना संक्रमणको त्रासमा भए पनि लकडाउनमा भए पनि भारतलाई दवाब दिन फेसबुक अन्तवार्ता लेख रचना टुइटर आदी मार्फत खबरदारी गर्न संपूर्ण नेपाली जनतामाझ आग्रह गर्दछु । नेपाल सरकारले तुरुन्त कुटनैतिक ध्यानाकर्षण गराइदिन पुनः माग गर्दछु ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ११:३१ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...