back

‘सबै राष्ट्रवादीहरु एकजुट बनेर भारतलाई खबरदारी गरौं’

वि.सं.२०७७ वैशाख २८ आइतवार

147 

shares
RBB AD
NTC AD

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा हामी नेपालीहरु स्तब्ध भएका छौं । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको छ ।

नेपालको छातीमा भारतीय गाडीहरू गुड्न सुरु भएको छ र सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु हेरेर बस्न बाध्य भएका छौं । यस्ता कार्य निन्दनीय छन् । हामी यि अशोभनीय कार्यको घोर भत्सर्ना गर्न चाहन्छौं । र सुगौली सन्धिपछि महाकालीको स्रोत सम्बन्धमा नयाँ सन्धि भएको भए सार्वजनिक गर भारत सरकार ।

कालापानी लगायत महाकाली पूर्वका क्षेत्र भारतीय सुरक्षाकर्मीलाई बस्न दिने को हुन ? आधार सहित आधिकारिक जानकारी देऊ सरकार र सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै अन्तर्रा्ष्ट्रिय सीमा नदी भएको र त्यसपछि कुनै सम्झौता भएको छैन । यदि भएको भए प्रमाणित गर भारत सरकार ।

हामीले भारतीयहरुलाई सदैब सम्मान गर्यौँ तर नेपालको सिमानाभूमीमा पटक पटक किन अतिक्रमण किन गर्दछौ भारत सरकार ? यस्तो कार्य शोभनीय छैन । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको छ र नेपाली भूमिमाथि नांगो हस्तक्षेप गरेर भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने ८० किलोमिटर सडक निर्माण गरिसक्दा समेत नेपाल सरकारले थाहा नपाएको र अहिले उदघाटन भइसकेपछि मात्र नेपाल सरकारलाई थाहा हुँदा हाम्रो सरकार कति निरिह छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । अहिले संपूर्ण राष्ट्रवादीहरुले एकपटक फेरि भारतलाई खबरदारी गर्नु परेको छ ।

कोरोना संक्रमणको त्रासमा भए पनि लकडाउनमा भए पनि भारतलाई दवाब दिन फेसबुक अन्तवार्ता लेख रचना टुइटर आदी मार्फत खबरदारी गर्न संपूर्ण नेपाली जनतामाझ आग्रह गर्दछु । नेपाल सरकारले तुरुन्त कुटनैतिक ध्यानाकर्षण गराइदिन पुनः माग गर्दछु ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ११:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा गोविन्दराज पोखरेल समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

ईश्वर पोखरेल, काठमाडौँ  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा...

यसरी रोक्न सकिन्छ युवा पलायन 

यसरी रोक्न सकिन्छ युवा पलायन 

प्रेमलकुमार खनाल औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन...

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...