back
CTIZAN AD

चालु आवमा लक्ष्यभन्दा आधा सडक र पुल निर्माण सकिने

वि.सं.२०७७ वैशाख २८ आइतवार

849 

shares

२८ वैशाख,काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधा मात्रै सडक र पुल सम्पन्न हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको ‘कोरोना भाईरस न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘बन्दाबन्दि’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने अनुमान गरिएको हो ।

चालु आवमा एक हजार २०० किमी सडक कालोपत्र र ३०० पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महिनासम्म ६३० किमी सडक कालोपत्र र १३२ पुल सम्पन्न भएको छ । अहिले देशभरमा २५० स्थानमा निर्माणको काम भइरहेको सडक विभागले जनाएको छ ।

अहिले निर्माणका लागि आवश्यक सामग्रीको उत्पादन र ढुवानी सहज भएसँगै अझै केही स्थानमा निर्माणले गति लिने सम्भावना रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। मौसम अनुकूल भएमा केही सडक र पुल निर्माण सम्पन्न हुन सक्छ । विभागले दुई साता पहिले नै विभिन्न आयोजनामा निर्माण शुरु गरे पनि आवश्यक सामग्रीको अभावले अपेक्षाअनुसार काम हुन सकिरहेको थिएन । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तर, त्यो निर्णय कार्यान्वयन हुन अझै एक सातासम्म लाग्न सक्ने उनले बताए । उनले भने, “त्यहाँ काम शुरु भएर निर्माण नियमित आउन थालेपछि निर्माण अघि बढ्नेछ ।”

 

पूर्वाधार निर्माणका लागि मौसम अनुकूल हुँदामात्रै काम गर्न सकिन्छ । यो महिनाको शुरुदेखि नै भइरहेको नियमित वर्षाका कारण काममा सहज नभएको महानिर्देशक शर्माले बताए । त्यस्तै लकडाउन कहिलेसम्म जारी हुन्छ भन्नेमा पनि चालू आवमा कति निर्माण सकिन्छ भन्ने निर्धारण हुने उनले बताए । सरकारले लकडाउन हटाउँदा पनि आमनागरिकमा भय नहट्दासम्म काम गर्न नसकिने उनले बताए। उनले भने, “सरकारले काम गर्न खुलाएरमात्रै हुँदैन, जनजीवन सामान्य अवस्थामा आउन अझै समय लाग्न सक्छ ।”

विभागले अहिले उपलब्ध जनशक्ति र उपकरणबाटै निर्माण अघि बढाइरहेको महानिर्देशक शर्माले बताए । मान्छेको स्वास्थ्यलाई ध्यानमा राखेर जनशक्तिभन्दा उपकरणको प्रयोगमा जोड दिइएको छ ।

कुनै एउटा खालको जनशक्ति घर फर्किएर गएको छ र ऊ सङ्क्रमण फैलिएको जिल्लाबाटै आउनुपर्ने भएमा तत्काल अर्को ठाउँमा लगेर काम गर्ने सम्भावना छैन । उनले भने, “त्यसैले सकेसम्म भएकै जनशक्तिबाट थोरै काम भइरहेको छ ।”

हिजोआज नियमित वर्षा भइरहेकाले पनि लक्ष्यभन्दा कममात्रै निर्माण सम्पन्न हुने देखिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । अहिले विभागले वर्षा भन्दा पहिले सम्पन्न नहुँदा वर्षाले क्षति पु¥याउने स्थानमा निर्माण अघि बढाएको छ । निर्माणाधीन पुलमा ढलानमात्रै गर्न बाँकी छ र वर्षामा त्यहाँ भएका सामग्री नै बगाउने अवस्था छ भने तिनलाई प्राथमिकता दिइएको छ ।उनले भने, “अहिले मानव स्वास्थ्य महत्वपूर्ण भएकाले सम्भव भएका ठाउँमा काम भइरहेको छ ।”

निर्माणाधीन कतिपय आयोजनामा कार्यरतमध्ये कतिपय भारतीय कामदार भए पनि अहिले उनीहरु आफ्नो देश फर्किसकेका छन् । अहिले तत्काल उनीहरुलाई फर्काउने सम्भावना छैन । देशभित्रै पनि सङ्क्रमित जिल्लाका कामदार फर्काउन नसकिएको उपमहानिर्देशक सापकोटाले बताए । प्रशासन कार्यालयले पनि सवारी पास सहज उपलब्ध गराइरहेको छैन ।

विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ ।

त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ ।

विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।

सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले लकडाउनको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये थोरै अघि बढिरहेका छन् । रासस

वि.सं.२०७७ वैशाख २८ आइतवार १५:२९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...