back
CTIZAN AD

भारतीय अतिक्रमणको मुद्धा अन्तर्राष्ट्रियकरण गरिने बुद्धिजीवीहरुको चेतावनी

वि.सं.२०७७ वैशाख २८ आइतवार

936 

shares

२८ वैशाख, काठमाडौँ । विवादित सीमामा पूर्वधार निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता भन्दा बाहिर गएर भारतले सडक निर्माण गरी उद्घाटन गरेको विषयलाई अन्तर्र्राष्ट्रिय मुद्धा बनाइने चेतावनी बुद्धिजीवीहरुले दिएका छन् ।

नेपाल बुद्धिजीवी संगठनका तर्फबाट संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा नेपालले यसअघि पठाएको कुटनैतिक नोट, वार्ताका प्रस्ताव र प्रबुद्ध समूहको प्रतिवेदनका विषय स्मरण गराउँदै भारत सरकारको हस्तक्षेपकारी कार्यको निन्दा र भत्सर्ना गरिएको छ ।

विज्ञप्तीमा दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं १ को गुञ्जीदेखि लिपुलेकसम्मको नेपाली भूमिभित्र भारतले करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको घटनाले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती खडा गरेका जनाउँदै भारत सरकारको हस्तक्षेपकारी कार्यको निन्दा एवम् भत्सर्ना गर्दछौँ, भनिएको छ ।

‘हामी असंलग्न परारष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकीहरुसँग पारस्पारिक सम्बन्ध स्थापित गर्न चाहन्छौँ, त्यसका विपरित कुनै पनि राष्ट्रले स्वतन्त्र राष्ट्रको स्वाभिमानमाथि गर्ने हस्तक्षेप हाम्रा लागि मान्य हुन सक्दैन,’ विज्ञप्तीमा उल्लेख छ ।

भारतले नेपाली भूमिभित्र अवैधानिक पूर्वाधार निर्माणको कार्य रोक्न र प्रबुद्ध समूहद्वारा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न,   मिचिएका नेपाली भूमि कुटनैतिक सम्वादमार्फत फिर्ता गर्न, सीमा क्षेत्रमा यथोचित सुरक्षाको प्रबन्ध गर्न, सीमा क्षेत्रका नेपाली नागरिकहरुको सम्पत्ति र स्वाभिमानको पूर्ण प्रत्याभूति गर्न पनि सरकारसँग माग गरेको छ ।

राष्ट्रिय स्वभिमानका पक्षमा देशभित्र अभूतपूर्व राष्ट्रिय एकता देखिएको बेला सीमा समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चबाट गर्न राष्ट्रिय एकताको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गर्न पनि संगठनले सरकारसँग अपील गरेको छ ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १५:५४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...