back
CTIZAN AD

कोरियामा फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

वि.सं.२०७७ वैशाख २८ आइतवार

783 

shares

२८ वैशाख,सउल, दक्षिण कोरिया । कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस सङ्क्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट सङ्क्रमण शुरु भएको हो । उक्त सङ्क्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको सङ्सर्गमा पुगेका दुई हजार जना बढीमा पनि सङ्क्रमण फैलिन सक्ने अनुमान गरिएको छ । त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

यसरी कोरोना भाइरसको सामूहिक सङ्क्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै सङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ । हालसम्म लकडाउन नगरेरै कोरोना सङ्क्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् ।(रासस)

वि.सं.२०७७ वैशाख २८ आइतवार १६:०९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...