back
CTIZAN AD

लागुऔषध गाँजासहित दुई पक्राउ

वि.सं.२०७७ जेठ २ शुक्रवार

648 

shares

२ जेठ, काठमाडौँ । लागुऔषध गाँजासहित सिरहाको गोलबजार नगरपालिकास्थित बल्कवाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका– १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र सिरहा नगरपालिका–१२ सारस्वरका ४० वर्षीय मोहम्मद अलाउद्दिन मियाँ रहेका छन् ।

प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गाँजासहित दुबै जनालाई पक्राउ गरेको हो । पासवानले बोकेको झोला जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ३०० ग्राम गाँजा र शरीर खानतलासी गर्दा मियाँको पाइन्टको गोजीबाट ५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १०:४९ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...