हाल अमेरिकामा रहँदै आएका संचारकर्मी प्रेम बानियाले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । भारतीय समकक्षीसँग तुरुन्त सम्वाद्को पहल सुरु गर्न भन्दै पत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई लेखिएको उक्त पत्रमा उनले लेखेका छन् :’
म्माननीय प्रधानमन्त्रीज्यू,
इतिहासमा एक पटक फेरि पृथ्वीनारायण शाहलाई सम्झिएर हामीले प्राक्कथन नै उल्टाउनुपर्ने दुर्दिन देख्नु परेको छ । इतिहासको यो जटिल मोडमा नेपाल अब दुई ढुंगाबीचको तरुल रहेन प्रधानमन्त्रीज्यू, ‘दुई तरुलबीच चोइटिएको ढुंगाजस्तो भएको छ ।’ जो हामीले चिताएका थिएनौं । अब तत्काल यहाँले भारतीय समकक्षीसँग सम्वाद्को पहल सुरु गर्नुहुनेछ भन्ने ठूलो आशा छ नागरिकलाई ।
नोभेम्वर २ मा भारतले उसको राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपालको लिम्पियाधुरा-लिपुलेक-कालापानी दाबि गरेपछि जनवरी १३ मा हामीले संयुक्त राष्ट्र संघको मुख्यालय अघिल्तिर प्रदर्शन गर्यौं र राष्ट्र संघका महासचिवलाई प्रतिनिधीमार्फत् ज्ञापन पत्र बुझाएर भन्यौं ‘हामीलाई हाम्रो भूमि फिर्ता चाहिन्छ । ज्ञापन पत्रपछिको प्रक्रियामा हामी निरन्तर फलोअप गरिरहेका छौं । तर, यसबीच हाम्रा छिमेकीद्वयको अंगालो यति बलियो भएको छ कि इतिहासमा एक पटक फेरि पृथ्वीनारायण शाहलाई सम्झिएर हामीले प्राक्कथन नै उल्टाउनुपर्ने दुर्दिन देख्नु परेको छ । इतिहासको यो जटिल मोडमा नेपाल अब दुई ढुंगाबीचको तरुल रहेन प्रधानमन्त्रीज्यू, ‘दुई तरुलबीच चोइटिएको ढुंगाजस्तो भएको छ ।’ जो हामीले चिताएका थिएनौं ।
एक सार्वभौम मुलुकको अहितमा भइरहेका यी सबै गतिबिधी देखेर देशको प्रधानमन्त्री मौन बसिरहन मिल्दैन, न त विषयबाट बेखबर भएँ भन्न मिल्छ, न त विषयबाट पर भाग्न ।
त्यसैले तत्कालै पहल थाल्नुहोस् प्रधानमन्त्रीज्यू,
तपाईंले निकै पटक अंगालो मिलाउनु भएको समकक्षीसँग तपाईंकै स्तरबाट एक पटक कुराकानी गर्दा देशको भलो हुन्छ भने यो पहल लिनका लागि तपाईंलाई कुन कुटनीतिक तारबारले छेक्छ ? अब यो विषय तपाईंकै ‘टेबलुमा पुगेको छ र तपाईंबाटै पहलको आशा गरिन्छ । बिकल्पहरुमध्ये यो नै पहिलो हो तर अन्तिम होइन । र, बाँकी बिकल्पबारे अर्को पटक बोलौंला … ।”
वि.सं.२०७७ जेठ २ शुक्रवार १०:४५ मा प्रकाशित






























