back
CTIZAN AD

पत्रकारलाई कोरोना बीमा

वि.सं.२०७७ जेठ २ शुक्रवार

723 

shares

२ जेठ, भैरहवा । लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको बिहिबार बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिए । उनका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको बीमा गरिएको छ ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीम कम्पनीले रु एक लाख दिने क्लबका महासचिव सम्झना शर्माले बताइन् । कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने कम्पनीका भैरहवा शाखा प्रमुख प्रकाश शर्माले जानकारी दिए ।

सीमाक्षेत्रमा पत्रकारिता गर्ने धेरै पत्रकार सदस्य रहेको क्लबको सो कार्यले पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थपिएको क्लबका सदस्य पशुपति यादवले बताए । पत्रकारका लागि पहिलो चरणको राहत सहयोग वितरण गरिसकिएको र तिनको सुरक्षाका लागि थप काम गर्दै जाने क्लबका उपाध्यक्ष नरेश केसीले बताए ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १०:१७ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...