back
CTIZAN AD

नलगाड हाइड्रो पावरलाई कमाई खाने भाँडो बनाइएको काँग्रेस नेताको आरोप

वि.सं.२०७७ जेठ २ शुक्रवार

807 

shares

२ जेठ, जाजरकोट । नेपाली काँग्रेसका नेता बेदराज सिंहले सरकारले नलगाड हाइड्रो पावरलाई जनता अल्मलाउने र कमाइ खाने भाँडो बनाइएको आरोप लगाएका छन् । शुक्रवार आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दे उनले यस्तो आरोप लगाएका हुन् ।

डिपिआर सम्पन्न गर्नुपर्ने ३० महिनाको सम्झौता भएतापनि ४८ महिना बितिसक्दा पनि डिपिआरको अत्तोपत्तो नभएको र सहि डिपिआर आउनेमा शंका गर्नुपर्ने अबस्था आएको उनको भनाई छ । डिपिआर गर्ने कन्सल्टेन्टले यथार्थमा नभै कतिपय कपिपेस्ट गरेको जानकारी आफूले प्राप्त भएको भन्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

सरकारले केहि समयअघि मुआब्जा वितरणका लागि निकासा भएको भएको करिब २ अरब ७३ करोड रकम काठमाडौको २१ वटा बैंकमा प्रतिदिन ७ लाख नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडको नाममा ब्याज जम्मा हुने गरि लगानी गरेर जनताको नाममा छुट्याइएको पैसा एक बर्ष देखि जनतालाई झुक्याउँदै ठगी भैरहेको आरोप समेत लगाएका छन् ।

जिल्लाका सरकारका प्रतिनिधित्व गर्ने नेताहरुले पनि यसतर्फ चासो नदिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

राष्ट्रिय महत्वको आयोजनालाई गुमराहमा राखेर यस्तो कार्य गर्ने तालुकदार निकाया र नेतृत्वको क्षमता अनि हाम्रो सरोकारमा प्रश्न कसले गर्ने भनेका छन् । मुअब्जा नै सम्पन्न गराउन नसक्ने, मुअब्जाको लागि जनताको नाममा आएको पैसा जनतालाई बाँड्न पनि नसक्ने अपचलन हुँदासम्म टुलुटुलु हेरेर झुठो सपना देखाउन नछाड्ने काम सिन्को नभाँच्ने सरकारसँग अब जनताले के आशा गर्ने उनले आक्रोश व्यक्त गरेका छन् ।
उनले लेखेका छन् :

वि.सं.२०७७ जेठ २ शुक्रवार १८:२५ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...