अहिले विश्वभरी कै गाउँकी धर्तीमाता खुशी भएकी छन् । हुनपनि किन नहुने हो र सबै टाठा बाठाहरुले गाउँलाई सुनसान गराएर गरिबलाई हेप्दै हुने खानेको चटकभटकले गर्दा गरिब जनतालाई कमजोर पार्ने काम भएको थियो । मेरो घर त राजधानीमा छ । मेरा छोराछोरी त अमेरिका अष्ट्रेलिया, इटली जर्मनी रसियामा छन् भन्नेहरुले गरिबलाई मान्छे गन्दैनथे । अहिले कोरोना भाइरसले विश्वलाई आफ्नो चपेटामा ल्याएपछि बल्ल ‘हे भगवान हामीलाई बचाउनुस’ भन्दै त्यही उजाड गाउँ वस्तीमा बाँच्न पुगेका छन् ।
मलाई लाग्छ अब यो कोविड- १९ ले नेपाली छोराछोरी र बुहारी ज्वाईहरुलाई राम्रो ज्ञान दिने मानवमा हुनुपर्ने मानवता सिकाउँदैछ । कलियुगमा प्रलय आउँछ भनेर भनिन्थ्यो शायद त्यो प्रलयको शुरुआत भैसकेको छ । विक्रम सम्वत १२ बैशाख २०७२ मा भुकम्प, सन् २०१९ र २० मा कोरोना भाइरस अनि लगायतका मानवबाट दानव बनेका शक्तिशाली व्यक्ति र राष्ट्रलाई आफ्नो चपेटामा कोरोनाले लिएको छ । सन् २०१९ बाट शुरुआत भई चाइनालाई त्रसित गर्दै विश्वभरी फैलिएको महामारी नोवेल कोरोना भाइरस कोविड १९ ले मानवबाट मानवता हराएकालाई मानवीय शिक्षा दिन शुरुआत गरेको छ ।
मानिसहरु गाउँ गाउँबाट झोली तुम्बी बोक्दै शहरलाई दुर्गन्धित गर्दै मानवले मानवलाई टेक्दै शहर केन्द्रित भएका गाउँ वस्ती शून्य उब्जाउ भूमि बाँझो, आफ्ना बुढा बाआमा, सासुससुरालाई एक्लै गाउँमै असुरक्षित छोड्दै पैसा कमाउन शहर पस्ने नाउँमा गाउँलाई मृत बनाउनेहरुलाई एउटा आजिवन हृदयबाट नमेटिने छाप कोरोना भाइरसले नेपाली लगायत विश्व समुदायलाई सिकाएको छ । दानवीय प्रवृतिका छोराबुहारी, छोरीज्वाई लगायतलाई शिक्षा दिने काम कोरोनाले गरेको बुझियो ।
संसारमा पापले टुप्पोमा टेक्नै लाग्दा पुनः १०२ वर्ष पछि प्रलय महामारी कोरोना जीवजन्तुलाई लिन आएको छ। त्यसैले हामी नेपाली सचेत बनौँ । मुक्तिनाथ, पशुपतिनाथ बुद्ध महाकाली माता, सीतामाता प्राकृतिक अप्सरा नेपाली धर्तीमाता र नेपाली आर्गानिक अमुल्य जडीबुटीको कृपा र सुगन्ध थोरै भएपनि जिम्मेवारीबोध हुनाले अहिलेसम्म हामी बाँच्न अनि बचाउन सफल भएका छौ । हामी आफैले कर्तव्य बुझेर अगाडी बढ्यौं भने सायद नेपालमा ठूलो कोरोनाबाट क्षति हुँदैन । ३ करोड नेपालीले देश तथा विदेशबाट आ–आफ्नो जिम्मेवारी निभाउने हो भने ग्रीन सिग्नल मै हुनेछौ ।
अहिले केही गैरजिम्मेवार व्यक्तिहरुले सरकारलाई असफल गर्न लागेका छन् । सरकारले केही गरेन भनेर नेपाली नेपाली बिच फाटो हाल्ने काम भएको छ । तर सरकारले राम्रो गर्न आफ्नो तर्फबाट सक्दो गरेको देखिन्छ । सत्यको विजय अवश्य हुनेछ ।
कामना गरौ हाम्रा नेपाली जनसमुदाय छिमेकी राष्ट्रहरु, मित्र राष्ट्रहरु लगायत विश्वबाट कोरोना भाइरस छिटै भागोस् । मानव जातिको आत्मबलले सदासदाको लागि गन्दगी त्याग्दै सादकी अपनाउने प्रेरणा दिनेछ भन्ने आशा गर्दै अब संसार शाकाहारी बन्दै जाउन दीर्घजीवी बन्न सादाजिवन उच्चविचार अनुसरण गर्ने बनुन । यो कोरोना महामारीबाट घमण्डको अन्त्य होस् । साधारण जीवन जिउने शक्तिको जय होस ।
(लेखक, प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका सदस्य तथा पुना नगर समितीका इन्चार्ज हुन् ।)
वि.सं.२०७७ जेठ २ शुक्रवार १८:५० मा प्रकाशित






























