back
CTIZAN AD

बिउ जोगाउन बिउ बैंक

वि.सं.२०७३ पुस ९ शनिवार

957 

shares

बाजुरा, ९ पुस । खडेरीका कारण वाइ गाविसका किसान खाद्य सङ्कटको मारमा परेका छन् । अहिले उनीहरुलाई वर्षभरी के खाने भन्ने चिन्ताले सताएका छन् ।

अहिले सम्मकै ठूलो खडेरी परेपछि वाइ गाविसका ५, ६ र ७ वडाका किसान खाद्य सङ्कटको मारमा परेका हुन । तीन वर्षदेखि वर्षा र हिमपात नहुँदा बाली लगाउन नपाएर खाद्य सङ्कट सुरु भएपछि उनीहरु खाद्यान्नका लागि विभिन्न निकायमा धाउन थालेका छन ।

खडेरीका कारण वाइ गाविसका तीन वडा र अन्य छिमेकी गाविसका अधिकांश गाउँमा खाद्यान्न उत्पादन नहुने भएपछि अहिले किसानहरु खाद्य असुरक्षामा परेको जिल्ला कृषि विकास कार्यालय बाजुराका कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

खडेरीका कारण बर्खे बाली डढेर सखाप हुनुका साथै सिँचाइको अभावमा खेत बाँझै भएका छन् । खडेरीको मारमा परेका वाइ गाविससहित जगन्नाथ, बाँधु रुगीन, गोत्री, कोल्टीलगायत ११ गाविस खाद्य सङ्कटको सूचीमा परेका छन् ।

खाद्य सङ्कट र खाद्यान्न अभावपछि वाइ गाविसका करिब ४०० भन्दा बढी पुरुष रोजगारीका लागि भारत र कतिपय युवाहरु विदेशीएका छन् ।

खाद्य सङ्कटले गाँजेपछि विद्यालय जाने उमेर समूहका बालबालिकासमेत विद्यालय छाडेर कामका लागि भारत छिरेका छन् । “तीन वर्षदेखि बारीमा हरियो देख्न पाएका छ्रैनौँ,” वाइ–७ का अन्रुपा महत्तराले भन्नुभयो – “श्रीमान्ले भारतमा गएर कमाएर पठाएको पैसाले खाद्यान्न किनेर बालबच्चा र आफू पालिने गरेका छौं ।”

कृषि विकास अधिकृत श्रेष्ठसहितको एक टोलीले एक सातासम्म सो क्षेत्रको अध्ययन गरी फर्केका छन् । टोलीले यस वर्ष सो क्षेत्रमा उत्पादन घटेर खाद्यान्न समस्या हुने निष्कर्ष निकालेको छ । “पानी नपरेकाले खेतका गरामा धाँजा फाटेको छ । यस क्षेत्रका अधिकांश जमिनमा आकाशे पानीको भरमा खेती हुने गर्दछन्”–अधिकृत श्रेष्ठले भन्नुभयो । रासस

वि.सं.२०७३ पुस ९ शनिवार १३:५० मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...