८ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वाड नं ७ लक्ष्मिनारायण मन्दिर नजिक रहेको एक गाई फर्म गए राती आगलागी हुँदा लाखौंको क्षती भएको छ ।
खड्ग ढकालले सन्चाल गरेको उक्त फर्ममा आगलागि कारण चारवटा गाई र १ बाच्छि मरेका छन भने एउटा गाई घाईते भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडा अध्यक्ष समेत रहेका स्थनीय अमर चन्द बोहोराले दिएको जानकारी अनुसार आगलागीले करिब १३ लाख बराबरको क्षति भएको छ ।
यस अघि पनि ३ वर्ष अघि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेका थिए भने करोडौंको क्षति भएको थियो ।
वि.सं.२०७७ जेठ ८ बिहीवार ०९:१६ मा प्रकाशित






























